जात्रा र मेलाले समुदायमा कोरोना संक्रमणको जोखिम बढ्यो

जात्रा र मेलाले समुदायमा कोरोना संक्रमणको जोखिम बढ्यो

बैतडी : समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । जात्रा मेलाको भीड बढिरहेका बेला एकैदिन १३ जनामा कोरोना पुष्टि भएकाले समुदायमा संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

एकै वडाका चार जनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी बुधबार थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए  । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीमा कार्यरत ६ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत २ जना, दशरथचन्द नगरपालिका–४ का ४ जना र पुर्चौंडी नगरपालिकाका–१ का एकजना गरी बुधबार थप १३ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार थप १३ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ५२१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा जात्रा तथा मेलाका कारण भीडभाड बढेसंगै कोरोना संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरमा लागेका मेलामा हजारौंको भीड लागेकाले कोरोनाको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.