जब यी प्लेब्वायले ६ गर्भवती महिलाको बच्‍चाको बाबु आफैँ भएको दावी गरे...

जब यी प्लेब्वायले ६ गर्भवती महिलाको बच्‍चाको बाबु आफैँ भएको दावी गरे...

नाइजेरिया : नाइजेरियाली एक प्लेब्वायले एक जना सेलिब्रिटीको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरुलाई साथै  उपस्थित गराउँदै उनीहरु सबैको पेटमा आफ्नो सन्तान रहेको दावी गरेका छन् ।

माइक एजे न्वाली न्वोगु नाम गरेका ती पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना महिलाहरुसँग सामूहिक तस्बिर समेत खिचेका छन् । र उनले उक्त तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरे । अभिनेता विलियम्स उचेम्बाको विवाह समारोहमा शनिबार उनले यस्तो खुलासा गरेका हुन् ।

नाइटक्लबका मालिक समेत रहेका ती पुरुषले आफ्नो नामको अगाडि आफैँ 'सुन्दर' उपनाम दिने गरेका छन् । अर्थात उनी आफूलाई 'प्रिटी माइक' भनी चिनाउँछन् । उनले ती ६ महिलाको गर्भ आफ्नै कारण भएको र उनीहरुले जन्माउँदै गरेका सन्तान आफ्नै भएको दावी गरिरहँदा विवाह समारोहका अतिथिहरु चकित परेका थिए ।

अर्को एक भिडियोमा उनी ती सबै ६ जना महिलाहरुलाई आमा बन्न लागेकोमा मुस्कुराउँदै बधाइ तथा शुभकामना दिँदै गरेको अवस्थामा देखिएका थिए । साथै उनीहरुको पेटमा चुम्बन समेत उनले दिएका थिए । यस्तो खुलासापछि उनका ३ लाख जति फलोअर्सहरुको बीचबाट उनलाई अनौठा जिज्ञासा पनि सोध्न थालिएको छ ।

एकजना फलोअरले सोधेका छन्, 'के ती सबै जना एकै हप्ता आमा बन्नेवाला छन् ?' कसैले भने 'प्रिटी माइक'लाई मनोचिकित्सकको गहन हेरबिचार आवस्यक रहेको सुझाव दिएका छन् । उनको यस्तो गतिविधिलाई उनीहरुले मानसिक समस्या भएको टिप्पणी गरेका छन् । प्रिटी माइक नाइजेरियामा 'प्लेब्वाय लाइफस्टाइल'का लागि चर्चित छन् । उनले अघिल्लो एक पोस्टमा आफूले ५ वटी पत्‍नी बनाउन चाहेको कुरा बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.