मुस्ताङको छोसेरमा स्वास्थ्य चौकीको भवन उद्घाटन

मुस्ताङको छोसेरमा स्वास्थ्य चौकीको भवन उद्घाटन

लोमान्थाङ : उपल्लो मुस्ताङको सिमावर्ती गाउँ छोसेरमा बुधबार नवनिर्मित  स्वास्थ चौकी भवनको उद्घाटन भएको छ। भवनको लोमान्थाङ गापा अध्यक्ष सुवर्णकुमार विष्टबाट उद्घाटन भएको हो।

लोमान्थाङ गापाको बहुवर्षीय क्रमागत विनियोजित ५० लाख बजेटबाट भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष बिष्टले जानकारी दिए। उनका अनुसार नवनिर्मित स्वास्थ्य भवनमा ४ कोठा र ट्वालेट, बाथरुम छ्न। भवन तीन वर्षमा निर्माण सम्पन्न भएको हो।
तर,गापाले स्वास्थ्य भवनलाई अस्थायी रुपमा ५ बेडको कोरोना अस्पतालको रुपमा प्रयोग गर्ने जनाएको छ। एक स्थानीय तह एक कोरोना अस्पतालको  अवधारणा अनुसार संघिय सरकारले १० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत घनश्याम सुवेदीले जानकारी दिए।

संघ सरकारबाट प्राप्त बजेटले स्वास्थ्यकर्मी व्यस्थापन कोरोना उपचार सामाग्री व्यवस्थापनमा खर्च गरिने प्रशासकीय अधिकृत सुवेदीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.