भक्तपुरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

भक्तपुरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

भक्तपुर : भक्तपुरमा एकैदिन दुईजनाको कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। बिहीबार एक महिला र एक पुरुष गरी थप दुईजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

यससँगै भक्तपुर कोरोना भाइरसको कारण मर्नेको संख्या एकसय ५ पुगेको छ। जसमा ६८ पुरुष र ३७ महिला रहेका छन्। यहाँको कोरोना भाइरस संक्रमणको कारण भएको मृत्युदर कूल संक्रमितको १.३ प्रतिशत रहेको छ। देशभरको मृत्युदरको तुलनामा भक्तपुरको मृत्युदर दोब्बरभन्दा बढी छ। देशभर कोरोना संक्रमणको कारण भएको मृत्युदर ०.६ प्रतिशतमात्रै रहेको हो।

विश्वको मृत्युदरभन्दा भक्तपुरको मृत्युदर भने १.१ प्रतिशतले कम हो। विश्वको कोरोना भाइरस संक्रमणको कारण भएको मृत्युदर २.४ प्रतिशत रहेको छ। स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका ४ नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिकामा ४१ संक्रमितको मृत्यु भएको छ। यहाँका २६ पुरुष र १५ महिला संक्रमितको मृत्यु भएको छ।

त्यस्तै मध्यपुर थिमि नगरपालिकाका २२ पुरुष र १३ महिला गरी ३५ जना संक्रमितको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिकाका १३ पुरुष र ९ महिला गरी २२ संक्रमितले ज्यान गुमाएका छन्।

भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा कम चाँगुनारायण नगरपालिकामा ५ पुरुष र एक महिला गरी ६ जना संक्रमितको मात्रै मृत्यु भएको छ।

सक्रिय संक्रमित ९ सय ५५ जना

भक्तपुरमा कोरोना भाइरसका संक्रमित ८ हजार ९ सय ७६ जना पुगेका छन्। बिहीबार ६१ जना नयाँ थपिएका थिए। यससँगै यहाँ कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ९ सय ७६ पुगेको हो। बुधबार भने ९८ जना नयाँ संक्रमित थपिएका थिए।

बिहीबारसम्म भक्तपुरमा सक्रिय संक्रमितको संख्या ९ सय ५५ जना रहेका छन्। जसमा ५ सय ४७ पुरुष र ४ सय ८ महिला रहेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

उनका अनुसार यहाँका सक्रिय संक्रमितमध्ये ९१.५ प्रतिशत अर्थात ८ सय ७४ जना होम आइसोलेसनमा रहेका छन्। यहाँका ४५ पुरुष र ३६ महिला गरी ८१ जना सक्रिय संक्रमितमात्रै अस्पताल तथा नगरपालिकाका आइसोलेसन केन्द्रमा रहेका छन्।
भक्तपुरका ८६.७१ प्रतिशत संक्रमित निको भएर डिस्चार्ज भएका छन्। ३ हजार ८ सय ९७ पुरुष र ३ हजार १९ महिला गरी ६ हजार ९ सय १६ जना संक्रमित संक्रमण जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.