बाल यौन दुर्व्यवहार आरोप : पञ्चेतीबाट उन्मुक्ति पाएका वृद्ध पक्राउ

बाल यौन दुर्व्यवहार आरोप : पञ्चेतीबाट उन्मुक्ति पाएका वृद्ध पक्राउ

राजविराज : अपराधलाई अपराधका रूपमा नलिएर गाउँमै पञ्चेती गरेर मिलाउनाले अपराधीको मनोबल बढेको र घटना दोहोरिने गरेको छ।  बाल यौन दुव्र्यवहारको घटनामा गाउँलेहरूले सामान्य जरिवाना तिराएर उन्मुक्ति दिएका वृद्धले सप्तरीमा पुनः सोही किसिमको घटना गरेको आरोप छ। 

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेका बेला सात वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा तिरहुत गाउँपालिका–५ लोहजराका ७६ वर्षीय लक्ष्मी महतो पक्राउ परेका छन्। 

स्थानीयका अनुसार बालिकालाई खिर खान फकाएर आरोपितले आफ्नो घरको कोठामा लगे। कोठा लगेर आरोपितले बालिकाको लुगा खोली संवेदनशील अंगहरू चलाएर यौन दुव्र्यवहार गरे। 

तिरहुत गाउँपालिका-५ का वडा अध्यक्ष रमानन्द चौधरीका अनुसार आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुव्र्यवहार गर्न थाल्दा बालिका चिच्याएपछि स्थानीय पुगेर बालिकाको उद्दार गरेका हुन्। 

पाँच वर्ष अघि पनि गाउँकी एक बालिकालाई आरोपितले यौन दुव्र्यवहार गरेको स्मरण गर्दै वडा अध्यक्ष चौधरीले भने, ‘उतिबेला गाउँमा बसेको पञ्चेतीले ६ सय रूपैयाँ जरिवाना तिराएर उन्मुक्ति दिनाले पुनः उनैबाट यस्तो घटना भयो।’

बाल यौन दुव्र्यवहारको आरोपमा उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। यसपटक पीडितका बुवाले गाउँले पञ्चेतीमा गुनासो नराखी प्रहरी कार्यालयमा उजुर गरेकाले बाल यौन दुव्र्यवहारको आरोपमा वृद्ध पक्राउ परेको डिएसपी सिंहले बताए। यसअघि पनि यौन दुव्र्यवहारको घटनामा आरोपित संलग्न रहेको गाउँलेहरूबाट बुझिएको सिंहको भनाइ छ। 

आरोपितलाई इलाका प्रहरी कार्यालय कञ्चनरूपमा राखेर बाल यौन दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गराई कारवाही प्रक्रिया अघि बढाइएको डिएसपी सिंहले बताए। पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ।

शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा दिने हिंसा बढेको भन्दै सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण दासले यसमा व्यापक जनचेतनाको आवश्यक्ता रहेको बताए। महिला अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मीले गाउँमा पञ्चेती गरेर राजनीतिक संरक्षण दिइरहँदासम्म समाजमा सुव्यवस्था कायम हुन नसक्ने दाबी गरे। 

अपराधीले ठूला-ठूला गल्ती गरे पनि राजनीतिक संरक्षण पाउने भएकाले थप अपराध मौलाउँदै गएको अधिवक्ता पार्वती जोशीको भनाइ छ। निर्वाचनमा सहयोग गर्ने र पार्टीलाई आर्थिक सहयोग गर्ने आफनो पक्षका व्यक्ति माथिको कारबाही गर्न पञ्चहरूले बेवास्ता गर्ने मात्र नभई संरक्षण गर्दै आएको देखिएको छ। 

गम्भीर गल्ती गरे पनि त्यसलाई छुट दिन पार्टीगत रूपमा प्रयास हुनाले पीडितले न्याय पाउन नसकिरहेको राजविराज ७ की मीना साहले बताइन्।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.