कोरोना संक्रमण बढेपछि बुढीगंगाका विद्यालय एक हप्ताका लागि बन्द

कोरोना संक्रमण बढेपछि बुढीगंगाका विद्यालय एक हप्ताका लागि बन्द

बाजुरा : बुढीगंगा नगरपालिकामा समुदायस्तरमा कोरोना भाइरस (कोभिड-१९) को त्रास बढेपछि एक हप्ताको लागि विद्यालय बन्द गएिका छन् । शुक्रबार दिउँसो नगरपालिका शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निणय गरेको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त प्रमेकाजी मर्हजनले जानकारी दिए।

कार्तिक महिनायता नगरपालिकामा १९ जनामा कोरोना संक्रमण देखिएकोमा १३ जना नगरपालिकाकामा कार्यरत कर्मचरी छन् भने अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय छन् ।

संक्रमित व्यक्तिका  परिवार र  सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन भने गरिएको छैन। समुदायस्तरमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्। 

अधिकांशमा कोरोना लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको नगरपालिकाका लेखा अधिकृत्त तिलक थापाले बताए। संक्रमितको धेरै व्यक्तिसँग सम्पर्क भएको हुनसक्ने भन्दै सुरक्षित रहन विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत्त महर्जनले बताए ।

नगरपालिकाको काम भने संचालनमा रहेको महर्जनले बताए । लामो लकठडाउनपछि मंसिर पहिलो साताबाट बाजुरा जिल्लाभरिका विद्यालय खुलाइएका थिए ।विद्यालय संचालन भएको महिना दिन नपुग्दै बन्द गर्नुपर्ने सूचनापछि शिक्षक र विद्यार्थी चिन्तित बनेका छन् । जिल्लाका अन्य स्थानीय तहका विद्यालय भने संचालनमा रहेका जिल्ला शिक्षा इकाइ बाजुराले जानकारी दिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.