लकडाउनमा बन्द नेपाल-भारत सीमा खुलाउन अनिश्चितकालीन धर्ना (फोटोफिचर)
विराटनगर: कोरोनाभाइरस संक्रमण रोकथाममा सरकारले बन्द गरेको नेपाल-भारत नाका खोल्न भारतीय नाकामा अनिश्चितकालीन धर्ना सुरु भएको छ ।
नेपाल-भारत खुल्ला सीमा संवाद समुहले भारतीय नाकासँग जोगिएको नेपाल क्षेत्रमा शनिबार अनिश्चितकालीन धर्ना सुरु गरेको हो । कोरोनाभाइरसको संक्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँग रहेको धार्मिक, सांस्कृतिक र राजनीतिक सम्बन्धमा असर पार्न नाटकीय रुपमा सीमा शीललाई सुनयोजित रुपमा निरन्तरता दिएको भन्दै अनिश्चितकालीन धर्नामा बसेका संवाद समुहका केन्द्रीय संयोजक राजीव झाले जानकारी दिए ।
भारतको जोगबनी र नेपालको विराटनगर नाकाको सिमाना विराटनगर भन्सार ढाट क्षेत्रमा सुरु गरेको धर्नामा विभिन्न दलका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता छ । स्थानीयले बन्द नाका खोल्न माग गर्दै धर्नामा सहभागिता जनाइरेहका छन् ।
गत ९ महिनादेखि नेपाल–भारत नाका घोषित रूपमा बन्द हुँदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा असर परेको संयोजक झाले बताए ।
लकडाउनकै कारण धेरैका आफन्त आउजाउ गर्न र वैवाहिक सम्बन्ध कायम गराउन समस्या मात्र नभएर नेकपाको सरकारले सदाको लागि खुल्ला सीमालाई बन्द गर्ने प्रयासमा लागेको उनले बताए ।
नेपालको २७ नाकामध्ये २५ नाका भारतसँग जोडिएको छ । भारतसँग जाडिएको नामा शीललाई निरन्ता दिएर चीनसँग जोगिएको दार्चुला नाका खोल्न सरकारले प्रयास सुरु गरेकाले आफुहरु धर्नामा उत्रिएको उनले बताए ।
उनले भने –‘परम्परादेखि रहेको बेटीरोटीको सम्बन्धलाई तोड्ने सरकारको प्रयास सफल हुन दिने छैनौँ ।' सरकारले खुल्ला सीमा लामो समयदेखि बसोवास गर्दैआएका विपन्न र सिमान्तकृत नेपालीलाई भोखमरीको सिकार बनाउन लागेको उनको आरोप छ । सरकारले एक जिल्लमा दुई स्थानमा मात्र नाका खोल्ने र अन्य खुला सीमा बन्द गरेर सीमाक्षेत्रका बासिन्दालाई दुःख दिने काम गर्न उद्दत भएको उनको भनाइ छ ।
घोषित रूपमा नाका खुला नहुँदा खुला सिमानाको फाइदा उठाउँदै मानिस आवतजावत गर्ने क्रम नरोकिएको र तस्करी र कालोबजारी गर्नेहरूलाई फाइदा भइरहेकोले तत्काल खोल्नुपर्ने स्थानीय समाजसेवी एवंम युवा अगुवाहरुले बताएका छन् ।
सरकारले कोरोना संक्रमण रोकथाम गर्न ११ चैत मध्यरातिदेखि देशव्यापी रूपमा गरेको लकडाउनले शील भएको नेपाल–भारत सिमाना अझै खुला भएको छैन । तर दैनिक सयौंको संख्यामा प्रहरीकै सामुन्ने नेपाल भारत ओहरदोहर गरिँदै आएको छ ।
स्थानीय अगुवाहरुका अनुसार प्रदेश १ का सबै जिल्लासँगै महोतरी, विरगन्ज, पर्सा, बारा, सिरहा भैरहवा लगायत नाका आसपासका बासिन्दाहरु अनिश्चितकालिन धर्नामा बसिरहेको बुझिएको छ । यसअघि विभिन्न संग संगठनहरुले सीमा शील नाका खोल्न धर्ना र प्रदर्शन गर्दैआएका छन् ।