मुस्ताङको सुर्खाङमा थ्रीजी  सेवा

मुस्ताङको सुर्खाङमा थ्रीजी  सेवा

जोमसोम : उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका- ४ स्थित सुर्खाङमा शनिबारदेखि थ्रीजी सेवा सञ्चालनमा आएको छ।

समुन्द्री सतहदेखि ३५ सय मिटर अग्लो उचाईको लोघेकर ४ को सुर्खाङसहित यारा, घाराढी लगायतका गाउँलाई प्रत्यक्ष लाभान्वित हुने गरेर नेपाल टेलिकमले  थ्रीजी सेवा सुरु गरेको नेपाल टेलिकम जोमसोम शाखाका प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए।

यसअघि २०७४ सालमा नेपाल टेलिकमले लोमान्थाङमा थ्रीजी सेवा सन्चालनमा ल्याएको थियो भने लोघेकरमा विकट गाउँ यारा, घाराढी र सुर्खाङमा  टुजी सेवा मात्र थियो।

लोघेकरका स्थानीयले सुस्त इन्टरनेट  प्रयोग गर्दै आइरहेकोमा सेवा सन्चालनपछि तिब्र गतिको  इन्टनेट उपयोग गर्ने अवसर पाएको लोघेकर ४ का वडाध्यक्ष छिरिङ घोम्बो गुरुङले जानकारी दिए।

नेपाल टेलिकमले साविकको वारागुङ मुक्तिक्षेत्र गापाको ४२ सय मिटर उचाईमा अवस्थित घिउ डाँडाको रिपिटर स्टेसनबाट माइक्रो वेभ लिङ्क मार्फत सुर्खाङको बिटिएस टावरसँग सम्पर्क गरेर  थ्रीजी एन्टिना  र उपकरण जडान गरेर सेवा सन्चालनमा ल्याएको टेलिकम जोमसोमले जनाएको छ।

थ्रीजी इन्टरनेट जडानका लागि टेलिकम बाग्लुङ र जोमसोमका प्राविधिक पुगेर थ्रीजी सेवा सुरु गरेको लोघेकर १ का वडाध्यक्ष टसिढिन्डुक गुरुङले जानकारी दिए। 

यस्तै नेपाल टेलिकमले निकट भविष्यमै लोघेकर १ चराङमा फोजी सेवा सन्चालनमा ल्याउने जनाएको छ । यस अघि लोमान्थाङ र हाल लोघेकरको सुर्खाङमा थ्रीजी सेवा सन्चालनमा आएपछि मुस्ताङको उत्तरी क्षेत्रका स्थानीयलाई  भिडियो कल, इमेल इन्टरनेट लगायतको उपयोग गर्न सहज हुने भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.