दैलेखमा कोरोनाबाट थप एकजनाको मृत्यु

दैलेखमा कोरोनाबाट थप एकजनाको मृत्यु

दैलेख : दैलेखमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार गुराँस गाउँपालिका–५ बस्ने ८७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । 

योसँगै दैलेखमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगर्त स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

श्वास फेर्न कठिनाइ भएपछि उनलाई मंसिर १५ गते प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ आइसीयुमा भर्ना गरिएको थियो । सोहि दिन एक्सपर्ट विधिबाट पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । भर्ना हुने समयमै ती पुरुषमा अक्सिजन स्याचुरेसन ८५ प्रतिशत मात्रै रहेको महाशाखाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

रगतमा चिनीको मात्रा समेत उच्च देखिएपछि बुधबार रातीदेखि इन्सुनिलबाट उपचार गरिएको थियो । विज्ञप्तिमा उल्लेख भएअनुसार ती पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । उनी कर्णालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएका २१ औँ मृतक हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.