नमुना वडा भवन

नमुना वडा भवन

जोमसोम : मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा नेपालकै पृथक् प्रकारको तिब्बती कला संस्कृति झल्किने कलात्मक नमुना वडा कार्यालय भवन निर्माण भएको छ। लोमान्थाङ गाउँपालिकाकाले आर्थिक वर्ष २०७६/०७७ का लागि वडा कार्यालय भवनको पूर्वाधार निर्माण गर्न विनियोजन गरिएको ६५ लाख बजेटबाट वडा कार्यालय भवन निर्माण भएको जनाइएको छ। 

चार रोपनी जग्गामा निर्माण भएको उक्त भवन तथा तिब्बती कलात्मक आर्ट्स डिजाइन सोही वडाको वडाध्यक्ष हिम्जिङदोर्जे विष्टले गरेका हुन्। शौचालय र बाथरुमसहित पाँच कोठा भएको भवनको सबै कोठाको भित्र र बाहिरको भागमा कलात्मक बुट्टाले सिंगारिएको  विष्टले बताए।

उनका अनुसार वडा भवनमा ६० लाख र कलात्मक बुट्टामा पाँच लाख खर्च भएको  हो। भवनको  सबैभन्दा माथिल्लो भागमा न्याख्या, तलपट्टिको माथिल्लो भागमा शम्भु, बीचको भागमा धोच्याङ किटीको डिजाइन छ। भवनको सबै कोठा माथि तिब्बती संस्कृतिको  पेन्टिङ गरिएको छ। 

यसअघि जीर्ण भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएकोमा भवन बनेपछि वडाको कार्यसम्पादन सहज भएको वडाध्यक्ष विष्टको भनाइ छ। मुस्ताङको उत्तरी कोरोलानाका र लोमान्थाङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई वडा कार्यालय अवलोकन गर्न लायक भएको छ। ‘लोमान्थाङको वडा भवन फरक विशेषताको छ। भवनलाई स्थानीय मौलिक संस्कृतिसँग जोडेको छ। यसले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्छ,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.