हात्तीले लखेटदा वृद्धको मृत्यु

राजविराज : पिसाब फेर्न बाहिर निक्लिएका एक वृद्धलाई हात्तीले लखेटदा मृत्यु भएको छ । हात्तीले लखेटेपछि लडेका सप्तरीको सुरुङ्गा नगरपालिका– ३ दौलतपुरका ७० वर्षीय सिताराम साहको सोमबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पिसाब फेर्न बिहानपख उठेका साहले जंगलबाट आएका २ वटा हातीदेखि पछि भाग्ने क्रममा लडेर बेहोस भएका थिए । हात्तीलाई देखेर लडेका साहलाई उपचारको लागि सिराहास्थित सप्तऋषी अस्पताल लहान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको डिएसपी भुवनेश्वरप्रसाद साहले बताए ।
प्रतिक्रिया दिनुहोस !
