निगमको आजदेखि भारत उडान

निगमको आजदेखि भारत उडान

काठमाडौं : नेपाल वायुसेवा निगमले बिहीबारदेखि भारतको दिल्ली उडान भर्दै छ। कोभिडका कारण चैत ११ गतेदेखि बन्द काठमाडौं–दिल्ली उडान ९ महिनापछि सुरु हुँदै छ। भारतको एयर बबल स्किम (दुवै मुलुकबाट १-१ उडान) प्रणालीअन्तर्गत बिहीबारदेखि नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले दिल्ली उडान भर्दै छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यवाहक महानिर्देशक देवचन्द्रलाल कर्णले निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीको लागि प्रस्थान गर्ने जानकारी दिए। 

कर्णका अनुसार निगमले उडानका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको छ। अहिलेको लागि प्रतिदिन एक उडान दिल्लीतर्फ हुने निगमले जनाएको छ। करिब आठ जना बिजनेस क्लास र १ सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर उक्त विमान काठमाडौंबाट दिल्लीका लागि उडान भर्ने कर्णले जानकारी दिए। यस्तै सोही जहाज दिल्लीबाट करिब चार जना बिजनेस क्लास र १ सय ४ जना इकोनोमिक क्लासको बोकेर काठमाडौंको लागि उडान भर्नेछ। 

भारतको सरकारी वायुसेवा कम्पनी एयर इन्डियाले पनि प्रतिदिन एक उडान दिल्ली–काठमाडौंका लागि भर्ने भारतीय दूतावासले जनाएको छ। भारतले भने डिसेम्बर २४ तारिखबाट काठमाडौं उडान भर्ने अनौपचारिक जानकारी प्राप्त भएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

कोभिड—१९ का कारण अवरुद्ध भएको विमान आवागमन द्विपक्षीय समझदारीअनुसार दुई मुलुकबीचको उडान प्रतिबन्ध फुकुवा गर्दै अन्तर्राष्ट्रिय उडानका लागि गत साता भारतले सहमति जनाएका थियो। कोभिड—१९ अघिको समयमा निगमले प्रत्येक दिन दिल्लीका लागि दुई उडान भर्दै आएको थियो।

हङकङ उडान पुस ६ देखि

निगमले पुस ६ (डिसेम्बर २१) गतेदेखि हङकङ उडान भर्दै छ। कोभिड— १९ का कारण चौथो पटकको प्रतिबन्धपछि निगमले हङकङ उडान सुरु गर्न लागेको हो। निगमको जहाजबाट हङकङ पुगेका यात्रुको पुनः कोभिड—१९ परीक्षण गर्दा पोजेटिभ भेटिएपछि हङकङले दुई साताका लागि निगमको जहाजलाई प्रतिबन्ध गरेको थियो।

मंसिर १९ गतेबाट पुस २ गतेसम्म प्रतिबन्धमा परेको निगमको जहाज फुकुवासँगै उडान सुरु हुने निगमले जानकारी दिएको छ। कोभिड—१९ को संक्रमण सुरु भएपछि हङकङ उडान कोरोना परीक्षणको रिपोर्टका कारण पटकपटक प्रतिबन्धमा पर्दै आएको छ।  

नेपालमा कोभिड—१९ को परीक्षण गराएर नेगेटिभ आएका केही यात्रुको हङकङ एयरपोर्टमा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि पहिलोपटक अक्टुबर ४ देखि १७ तारिखसम्मका लागि हङकङ उडानका लागि निगम प्रतिबन्धमा परेको थियो। त्यसपछि तेस्रो पटकसम्म सोही समस्या दोहोरिएपछि निगमले कोभिड परीक्षणका लागि सरकारी प्रयोगशालाको रिपोर्ट मात्रै मान्य हुने नीति लागू गरेको थियो। सरकारी प्रयोगशालामा गरिएको परीक्षणमा नेगेटिभ आएका यात्रु मात्रै बोकेर निगमले उडान भर्न लागेको हो।  

यो नीतिका बाबजुद पनि चौथोपटक पुनः हङकङ एयरपोर्टमा नै कोभिड पोजेटिभ यात्रु भेटिएपछि निगमको जहाज डिसेम्बर ४ देखि १७ तारिकसम्मका लागि प्रतिबन्धमा परेको थियो। हङकङका लागि पुनः सुरु हुन लागेको उडानका लागि सरकारी प्रयोगशालाको रिपोर्ट मान्य हुने बताउँदै निगमले उडान सुरु हुनुपूर्वको ४८ घण्टाअघि स्वाब संकलन गरेको हुनुपर्ने र कोरोना नेगेटिभको प्रमाणपत्र बुझाउनुपर्ने नयाँ नियम लागू गरेको छ। 

निगमले विभिन्न ९ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ। यात्रु संख्या र नाफाको दृष्टिकोणले निगमको हङकङ उडान नाफामूलक मानिन्छ। प्रतिउडान करिब एक करोड रुपैयाँसम्म नाफा हुने निगमले बताएको छ। कोरोनाअघिको समयमा निगमको जहाजले साताको तीन उडान भर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.