पतिलाई जेलबाट छुटाइदिने भन्दै पत्‍नीलाई बलात्कार र लुटपाट गर्नेलाई १० वर्ष जेल सजाय

पतिलाई जेलबाट छुटाइदिने भन्दै पत्‍नीलाई बलात्कार र लुटपाट गर्नेलाई १० वर्ष जेल सजाय

राजविराज : कारागारमा थुनामा रहेका व्यक्तिलाई छुटादिने प्रलोभन दिइ निजकी श्रीमतीको सम्पत्ती लुट्ने र शरीर बन्धक बनाइ बलात्कार गर्ने एकअभियुक्तलाई अदालतले १० वर्ष कैद सजाय गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा राजविराज कारागारमा थुनामा रहेका आरोपितलाई छुटाइदिने भन्दै ठगी तथा बलात्कार गर्ने अभियुक्त छिन्नमस्ता गाउँपालिका–६ लोखरमका ४० वर्षीय मनोजकुमार मेहतालाई सोमबार १० वर्ष कैद सजाय भएको हो ।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशबाट मेहतालाई जबरजस्ती करणी आरोपमा सात वर्ष कैद र तीस हजार क्षतिपूर्ति भराउने फैसला भएको छ । यसैगरी ठगीमा तीन वर्ष कैद र तीस हजार जरिवाना तिराउने फैसला पनि भएको छ । पीडितले दाबी गरेकोमध्ये ठहर भएको एक लाख ९५ हजार रुपैयाँ समेत पीडितले विगो भराइ पाउने फैसला भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका श्रीमानलाई छुटाई दिने प्रलोभन देखाइ आरोपितले पटक–पटक ठगी गर्नुका साथै बलात्कार गरेको पीडितको आरोप छ । पटक–पटक गरी करिब साढे दश लाख लिइ सकेका आरोपितले ०७५ असोज १९ गते न्यायाधीशको मानिससँग कुरा मिलाउनका लागि भेंटन जाउँ भन्दै राजविराज–४ स्थित अशोक लाँजको कोठामा लगेर कुटपिट गरी बलात्कार गरेको पीडितले बताएकी छन् ।

पीडितका अनुसार थुनामा रहेका श्रीमानलाई छुटाइदिने भन्दै अभियुक्तले ०७५ बैशाख ७ गते साढे एक लाख, असार २९ गते चार लाख, साउन १४ गते तीन लाख, भदौ २२ गते २० हजार र भदौ २९ गते एक लाख ७५ हजार गरी दश लाख ४५ हजार रुपियाँ ठगी गरे । अदालतले भने एक लाख ९५ हजार आरोपितले पीडितबाट ठगी गरी लिएको ठहर गरेको छ । 

पीडितले तत्कालै दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले बेवास्ता गरेर फर्काएको थियो । उतिबेला अभियुक्त राजपा नेपाल सप्तरीका कोषाध्यक्ष थिए । प्रमाणहरु संकलन गरी लगातार प्रहरी कार्यालय धाएपछि ०७५ मङसिर १४ गते ठगी तथा बलात्कारको छुट्टा–छुट्टै उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले सोही दिन आरोपितलाई पक्राउ गरी कारवाही अगाडि बढाएको थियो ।

जिल्ला अदालतका तत्कालिन न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशले ०७५ पुस १२ गतेदेखि आरोपित मेहता पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.