सिन्धुलीमा राजनीतिक नेतृत्वलाई एकताबद्ध हुन नेकपा वडाकमिटिको दवाव

सिन्धुलीमा राजनीतिक नेतृत्वलाई एकताबद्ध हुन नेकपा वडाकमिटिको दवाव

सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरामा विभाजन भएसँगै सिन्धुलीमा वडा तहसम्मै त्यसको असर देखिएको छ। नेता कार्यकर्ता आ–आफ्नो समुहमा तानातान भइरहेका बेलामा कमलामाई नगरपालिका ७ स्थित नेकपा वडा कमिटिले भने राजनीतिक नेतृत्वलाई एकताबद्ध हुन दवाव दिएको छ। 

अध्यक्ष विनय पाल्पालीको अध्यक्षतामा शनिबार बसेको वडा कमिटिको बैठकले पार्टी विधि र विधान अनुसार प्रचण्ड–नेपाल आधिकारिक र संस्थापन पक्ष भएको निश्कर्ष सहित एकताबद्ध हुने निर्णय गरेको हो। उक्त निर्णयले सोही वडामा रहेका प्रदेश सभा सदस्य, नगर प्रमुख तथा जिल्ला तहका नेताहरुमा नैतिक दवाव परेको छ। 

उक्त वडामा बागमती प्रदेश सभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्री, नगरका प्रवक्ता तथा वडा अध्यक्ष कर्णबहादुर घिसिङ्ग, नेकपा नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठ लगायतका जिल्ला तहका प्रभावशाली नेताहरु छन्। 

प्रधानमन्त्री केपी शर्मा वलीले संसद विघटन गर्दै नयाँ जनादेशका लागि जनतामा जाने उद्‍घोष गरेका छन्। प्रधानमन्त्री ओलीको निर्णय र जिल्लामा प्रभाव पार्ने नेताहरुको वडा कमिटिको निर्णयलाई जिल्लामा महत्वकासाथ हेरिएको छ।‘केन्द्रीय तहका नेताका लागि हामी जनता पनि हौं। हामीले वडा कमिटिमा सर्वसम्मत रुपमा दाहाल–नेपाल समुहलाई सहयोग गर्ने निर्णय गरेका छौं। जनताको चाहाना नेताहरुले पनि बुझ्नु हुन्छ भन्ने ठानेका छौं’, उनले भने।

वडाका नेताहरुमा प्रदेश सभा सदस्य खड्का अहिलेसम्म कुनै पनि समुहमा खुलेका छैनन भने मेयर खत्री नेपाल समुहका भए पनि अहिले कुनै पनि समुहको भेलामा सहभागिता जनाएका छैनन्। वडा अध्यक्ष घिसिङ दाहाल–नेपाल समुहमा छन्। नगर इन्चार्ज श्रेष्ठ भने ओली समुहमा खुलेरै लागेका छन्। तर, वडाको निर्णयलाई महत्वका साथ हेरेको समेत उनीहरुले बताएका छन्।
    
नगर इन्चार्ज श्रेष्ठले भने नेकपाको आधिकारिक समुह ओली पक्ष नै रहेको भन्दै सबैलाई ओली समुहमै आबद्ध हुन अनुरोध गरे। कतिपय नेताहरु पर्ख र हेरको अवस्थामा छन्। श्रोतका अनुसार खड्का र खत्री सर्वोच्चको आदेशको पर्खाइमा रहेको र जनताको चाहाना र कार्यकर्ताको मनोभावना अनुरुपमा आफ्नो समर्थन रहने बताउने गरेका छन्। 

नेकपाको विधान अनुसार समेत वडा कमिटिदेखि जिल्ला हुँदै नवौं महाधिवेशनसम्म वडा कमिटिबाटै प्रतिनीधि निर्वाचित भएर जानु पर्ने प्रावधान हुँदा यस पटक वडाकै निर्णयले नेताका लागि वडा कमिटि नै शक्तीशाली हुन्छ भन्ने कुराले पुनः झस्काइ दिएको छ। जिल्लामा केही जानकारहरुले भने वडा कमिटिको सामान्य वैठकले निर्णय गरे पनि नेताहरुका लागि भने यसले दुरगामी असर पार्न सक्ने विश्लेषण गरेका छन्। कतिपय कार्यकर्ताहरु अझै पनि पार्टी एकिकरणकै पक्षमा रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.