मुस्ताङमा ओली पक्षको वर्चश्व

मुस्ताङमा ओली पक्षको वर्चश्व

जोमसोम : एक संघीय, दुई प्रदेश निर्वाचनक्षेत्र  र ५ स्थानीय तह रहेको मुस्ताङमा नेपाल कम्युनिष्ठ पार्टी ( ओली ) पक्षको  वर्चश्व देखिएको छ। केही स्थानीय तहका अध्यक्ष-उपाध्यक्ष र वडाध्यक्ष भने अब कुन पक्षमा लाग्ने भन्नेमै अलमलमा छन्। 

गत पौष ५ गते प्रधानमन्त्री केपि शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटनको प्रस्ताव दर्ता गराइ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्ताव सदर भएपछि नेकपाको ओली र प्रचण्ड-माधव पक्ष अघोषित रुपमा विभाजनको संघारमा पुगेको हो। संसद विघटनपछि ओली पक्ष सरकारमा छन् भने प्रचण्ड-माधव पक्ष सडकमा छन्।

मुस्ताङका संघीय प्रतिनिधि सभाका पूर्व सांसद प्रेमप्रसाद तुलाचन नेकपाको ओली समुमा छन्। उनी ओलीको केन्द्रिय समिति विस्तारमा समेत सहभागी भइ आफ्नो कित्ता क्लियर गरेका छन्। यस्तै मुस्ताङको प्रदेश 'क' बाट सांसद बनेका ईन्द्रधार बिष्ट र प्रदेश समानुपातिक सांसद तथा नेकपा जिल्ला अध्यक्ष चन्द्रमोहन गौचन पनि नेकपा ओली पक्षको केन्द्रिय समिति बनेका छन्। तर अर्को प्रदेश सांसद महेन्द्रबहादुर थकाली भने कुन पक्षमा जाने भन्ने अलमलमा छन्। उनले उपयुक्त समयमा ठोस निर्णय लिने  बताएका छन्। यस्तै मुस्ताङ जिल्लाकी समन्वय प्रमुख छिरिङ ल्हामो गुरुङ पनि ओली पक्षको केन्द्रिय समितिमा छिन्।

उपल्लो मुस्ताङको लोमान्थाङ गापामा अध्यक्ष र उपाध्यक्षसहित ५ वटै वडाध्यक्ष नेपाली कांगेसका छन्। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापामा अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र उपाध्यक्ष ढोका गुरुङ ओली पक्षमा छन्। लोघेकरको ५ वटै वडामध्ये ४ वडामा कांग्रेसको वडाध्यक्ष छन्। लोघेकर वडा—१ मा नेकपाबाट वडाध्यक्ष बनेका टसीढिन्डुक ठकुरीले आफू ओली पक्षमा रहेको जनाए।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा नेकपाले एक उपाध्यक्ष र २ वडा जितेको थियो। वडा—५ का वडाध्यक्ष राप्के गुरुङले आफू ओली कित्तामा भएको बताए। तर वडा—१ का विरबहादुर गुरुङ र उपाध्यक्ष ढिकी गुरुङ भने कुन पक्षमा जाने भन्नेमा अलमलमा छन्। उनीहरुले अहिले नै यसबारे निर्णय लिन नसक्ने उल्लेख गरे। मुस्ताङ थासाङ गाउँपालिकामा अध्यक्ष-उपाध्यक्षसहित ३ वडाको गत स्थानीय निर्वाचन काग्रेसले जितेको थियो भने थासाङ २ र ४ मा नेकपाले जितेको थियो। थासाङ—२ का वडाध्यक्ष नरप्रसाद हिराचन ओली पक्षमा लागेका छन् भने थासाङ—४ का वडाध्यक्ष विशाल शेरचन तटस्थ रहेको जानकारी दिए। उनले सूर्य चिन्ह कुन पक्षले पाउछ त्यही नेकपामा लाग्ने  स्पष्ट पारे।

यस्तै मुस्ताङ सदरमुकाम रहेको घरपझोङ गाउँपालिकी उपाध्यक्ष शर्मिला गुरुङ ओली पक्षको केन्द्रीय सदस्यमा चयन भएकी छिन् भने नेकपाकै गापा अध्यक्ष आशबहादुर थकालीसँग यसबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन। घरपझोङ गापा १ र ३ का नेकपाका वडाध्यक्ष आईतलाल थकाली र महेन्द्र थकालीले कुन पक्षमा लाग्ने भन्ने बारेमा आफूहरु अलमलमा रहेको जनाएका छन्। उनीहरुले आफूहरु उपयुक्त समयमा यसबारे निर्णय लिने जनाएका छन्।

नेकपा मुस्ताङकी इञ्चार्ज श्रीमाया थकाली प्रचण्ड-माधव पक्षमा छिन्। उनी यसअघि नै माधव पक्षमा रहेकी थिइन। उनले प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको कदम असंवैधानिक भएको टिप्पणी गरेकी थिइन्। तर ,मुस्ताङमा नकपा एकीकरण अघिका कतिपय एमाले र माओवादीका कार्यकर्ता नेकपाको कुन पक्षमा छन् भन्ने कित्ता क्लीयर गरेका छैनन्।

मुलुकको पछिल्लो राजनितिक क्रमले देशका विभिन्न जिल्लामा सत्ता र सडक संघर्षमा लागेका राजनितिक पार्टीको कार्यक्रम दिनुहँ जसो हुने गरे पनि हिमाली जिल्ला मुस्ताङ भने शान्त छ। यहाँ संसद विघटनको पक्ष र विपक्षमा कुनै कार्यक्रम आयोजना नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.