९ महिनापछि मुस्ताङका होटल खुले

९ महिनापछि मुस्ताङका होटल खुले

जोमसो : विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९)का कारण ९ महिनादेखि बन्द रहेका मुस्ताङका होटल खुलेका छन् । 

मुस्ताङ होटल व्यवसायी संघको विशेष पहलमा जिल्लाका होटल व्यवसायीको सहमतिपछि होटल खोल्ने निर्णय भएको हो । योसँगै अब  मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।

यसअघि मुस्ताङका होटल व्यवसायीले फागुन १ गते मात्र होटल खोल्ने बताएका थिए। एकसाता अघि म्याग्दीका होटल व्यवसायी संघ र अन्य पर्यटनसंग आवद्ध संघसंस्थाले दबाब सिर्जना गरेपछि मुस्ताङका होटल व्यवसायी होटल खोल्न तयार भएका हुन् ।

मुस्ताङ उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले पुस १३ गते मुस्ताङका होटल संञ्चालनमा आएको जानकारी दिए ।  

कोरोना कहरका कारण मुस्ताङमा लिजमा होटल व्यवसाय संञ्चालन गर्ने व्यवसायी समस्यामा पर्दै आइरहेका थिए । गण्डकी प्रदेशका अधिकांश जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल संञ्चालनमा आए पनि हिमाली जिल्ला मुस्ताङमा कोरोना त्रासका कारण होटल खोल्न सकेको थिएन ।  

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सर्वसाधारण व्यक्तिलाई कुनै अवरोध नहुने जानकारी दिइन् ।स्थानीय प्रशाासन, मुक्तिनाथ विकास समिति र होटल व्यवसायीको सहमतिमा मुक्तिनाथ दर्शनका लागि मन्दिर खोल्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले उल्लेख गरिन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.