कारको ठक्करबाट बाघको मृत्यु

कारको ठक्करबाट बाघको मृत्यु

सिमरा : कारको ठक्करबाट पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडकमा शनिबार बिहान एउटा बाघको मृत्यु भएको छ। त्रिभुवन राजपथअन्तर्गत निकुञ्ज क्षेत्रमा पर्ने बाराको पथलैया-अमलेखगञ्ज सडकखण्डको आधाभार नजिकको जंगलमा कारले ठक्कर दिँदा पोथी पाटे बाघको मृत्यु भएको हो। 

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा१६च ८११ नम्बरको कारको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेको बाघको केही समयमै मृत्यु भएको थियो। व्यस्त राजमार्गमा पर्ने सो सडकखण्डमा बाघले अचानक उफ्रिदै बाटो पार गर्न खोज्दा दुर्घटना भएको हो। 

बाघलाई ठक्कर दिए लगतै कार चालक अजय मिश्रले आफैँ प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए। कार तीब्र गतिमा रहेको र अचानक बाघले सडकपार गर्न खोज्दा घटना भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए। 

बाघलाई ठक्कर दिने कारसहित चालकलाई निकुञ्जमा बुझाइएको डिएसपी श्रेष्ठले बताए। निकुञ्जका सूचना अधिकारी रमेश यादवका अनुसार ठक्करबाट मृत्यु हुने वयस्क बाघको उमेर ९/१० वर्षको रहेको छ। 

सन् २०१८ मा गरिएको गणना अनुसार निकुञ्ज क्षेत्रमा १८ वटा बाघ रहेका छन्। ठक्करबाट मृत्यु भएको बाघ सोही १८ मध्ये रहे नरहेको पहिचान गर्ने काम भइरहेको यादवले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.