नेकपा मुस्ताङको सम्पति १ लाख नगद र केही जिन्सी

नेकपा मुस्ताङको सम्पति १ लाख नगद र केही जिन्सी

जोमसोम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुस्ताङको सम्पति करिव एक लाख रुपैयाँ नगद र केही फर्निचर जिन्सी सामाग्री मात्र रहेको पाइएको छ। २०७४ सालको संघ तथा प्रदेशको निर्वाचनपछि एमाले र माओवादी पार्टीको एकतापछि गठन भएको नेकपा मुस्ताङ कार्यालयको खातामा झिनो रकम मात्र रहेको नेकपा मुस्ताङका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशका सभासद चन्द्रमोहन गौचनका स्वकीय सचिव जिवन गोतामेले जानकारी दिए। उक्त नगद मौज्याद सदस्यहरुको लेभी उठाएको रकम भएको उनले बताए।

नेकपा मुस्ताङ कार्यालयको नगद १ लाख बाहेक १-१ थान दराज  र टेबल छन्। सामान्य कार्यक्रम गर्दा बस्ने करिव १ दर्जन कुर्सी छन्। जिसस मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनको एकतले माटो बिच्छ्याइएको ६ कोठे घरको १ कोठामा नेकपा मुस्ताङले कार्यालय सञ्चालनका लागि लिज लिएको हो। सो कार्यालय रहेको घरको अन्य ५ कोठा भने अन्य एक संस्थाले लिजमा लिएको छ।
 

साविक नेकपा एमालेले लिएको एक कोठाको पार्टी कार्यालयमा पार्टी एकतापछि नेकपा कार्यालयको कार्यसम्पादन हुँदै आइरहेको स्वकीय सचिव गौतामेले जानकारी दिए। पार्टी एकतापछि साविक नेकपा माओवादी मुस्ताङबाट कुनै पनि नगद तथा जिन्सी हस्तान्तरण नभएको उनले बताए। मुस्ताङमा नेकपासहित कुनै पनि राजनीतिक पार्टीको आफ्नै निजी पार्टी कार्यालय भवन छैन। 

मुस्ताङमा राजनितिक दलको पार्टी कार्यालय नभएको र कुनै औपचारिक र अनौपचारिक कार्यक्रम गर्दा समस्या हुने गरेको छ। नेकपाको पछिल्लो राजनितिक घटनाक्रम पेचिलो बन्दै गएको र संसद बिघटनपछि देखिएको नेकपा फुटको अवस्थाले जिल्ला जिल्लामा पार्टी कार्यालय कब्जा गर्ने र चलअचल सम्पति कब्जा गर्ने होटबाजी चले पनि मुस्ताङमा त्यस्तो अवस्था सृजना भएको देखिएको छैन।

संघीयतापछि सम्पन्न २०७४ सालको संघ तथा प्रदेशको निर्वाचनमा मुस्ताङबाट साविक नेकपा एमालेले एक संघ तथा दुई प्रदेश सभा जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.