जग्गा नाप्न डिजिटल प्रयोग
स्याङजा : स्याङ्जाको वालिङ् नगरपालिकाले ‘डिजिटल प्रविधि’बाट जग्गा नाप्न थालिएको छ। जग्गाको नापजाँच र साँधसीमा प्रष्टरुपमा छुट्याउने उदेश्यले नापी कार्यालय पाल्पा ७ नं. टोलीका ४ जना प्राविधिकले यहाँ काम सुरु गरेको हो।
वैज्ञानिक, तथ्यपरक र पारदर्शी हुनुका साथै जग्गाको सम्बन्धी झै-झगडा कम हुने हुँदा यी विधि प्रभावकारी हुने नापी टोलीका प्रमुख ज्योति शाहले बताइन्। उनले थपिन्, ‘यसको प्रयोगले बिगतमा गरिंदै आएका व्यक्तिका भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्तिको अन्त्य हुने छ।’
वालिङ १ बाट सुरु भएको नापलाई जिल्लाका अन्य तहमा पनि पुर्याइने बताइएको छ। डिजिटलबाट जग्गा नाप्दा जग्गाको यथार्थ विवरण आउने र साँधसीमामा हुने विवाद अन्त्य हुने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणको भनाइ छ । प्रमुखका अनुसार जमिनको वैज्ञानिककर तथा सेवाग्राहीको आवश्यकता अनुसार अनलाइन प्रणालीबाट विवरण लिन सकिने हुँदा प्रविधिमैत्री काम आजको आवश्यकता हो।’