बेनी-जोमसोम सडकको काभ्रेभीरमा ब्लास्टिङ सुरु

बेनी-जोमसोम सडकको काभ्रेभीरमा ब्लास्टिङ सुरु

जोमसोम : उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडकअन्तरगत बेनी—जोमसोम ७६ किमी सडक खण्डको म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरमा सोमबारदेखि ब्लास्टिङ कार्य सुरु भएको छ। म्याग्दी हुँदै मुस्ताङ प्रवेश गर्ने सबैभन्दा बढी जोखिमयुक्त र अप्ठ्यारो स्थानमा सडक चौडा गर्ने उद्देश्यले ब्लास्टिङ सुरु गरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ।

बेनी-जोमसोम जोड्ने ७६ किमी सडकको दोश्रो खण्ड अन्तरगत म्याग्दीको तातोपानी र मुस्ताङको घासा प्याकेजको काभ्रेभीरमा १६ सय मिटर लामो सडकलाई दुईलेन सडक निर्माण गर्न ब्लास्टिङ गर्न थालिएको हो। आयोजनाले काभ्रेभीर सडकमा ६ दशमलव ५ सेमी सडक चौडा गर्न रक कटिङको कामलाई अघि बढाइएको जनाएको छ।

२०७४ सालदेखि निर्माण आरम्भ भएको बेनी-जोमसोम सडकको लागत २ अर्ब ५० करोडको रहेको छ। जसअन्तरगत ब्लास्टिङ गरिएको उक्त प्याकेज शर्मा गजुरमुखी जेभीले ७० करोड लागतमा सडक स्तरोन्नतिको जिम्मा लिएको हो। उक्त प्याकेजको भौतिक प्रगती ५० प्रतिशत भएको आयोजनाले जनाएको छ।

विश्वव्यापी माहामारीको रुपमा देखा परेको कोरोना कहरका कारण रोकिएको काभ्रेभीरमा सडक चौडा गर्न आयोजनाले स्थानीय प्रशासनको पूर्व स्वीकृति लिएको थियो। आयोजनाका ईन्जिनीयर अश्विनीकुमार यादवले शर्मा गजुरमुखी जेभीको जनशक्ति र उपकरणसहित नेपाली सेनाको सहयोगमा सडक चौडा गर्न ब्लास्टिङ गर्ने काम अघि बढाइएको जानकारी दिए। उनकाअनुसार सडक आवागमनलाई बाधा नपुग्ने गरी काम अघि बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.