१० महिनापछि खुल्यो मुक्तिनाथ मन्दिर

१० महिनापछि खुल्यो मुक्तिनाथ मन्दिर

जोमसोम : समुन्द्री सतहदेखि ३८ सय मिटर अग्लो उचाइमा अवस्थित मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर मंगलबारबाट औपचारिक रुपमा खुल्ला गरिएको छ ।मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा कोरोना कहरले बन्द मुक्तिनाथ मन्दिर आजैबाट सर्वसाधारण भक्तजनका लागि खुल्ला गरिएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सु-प्रसिद्ध मानिएको हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ खुल्ला गर्ने संम्वन्धमा भएको विभिन्न सरोकारवाला निकायको समन्वय र बृहत छलफलपछि अंग्रजी नयाँ वर्षको दिन मुक्तिनाथ खुल्ला गर्ने घोषणा गरिएको थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले संम्पूर्ण जिल्लाबासीको साथ र सहयोगले १० महिना अघिबाट कोरोना कहरले बन्द मुक्तिनाथधाम दर्शनका लागि खुल्ला भएको जानकारी दिए ।अध्यक्ष गुरुङले लामो समय मन्दिर बन्द हुँदा संम्पूर्ण भक्तजन ,पर्यटनकर्मीले र व्यवसायी लगायतले दुःख र सास्ती व्यवहोर्नु परेको र त्यस अवस्थाको अन्त्य गर्दे कोरोनाप्रति सचेत रहेर धार्मिक स्थल साविकको गतिबिधिलाई निरन्तरता दिने प्रयत्न भएको बताए ।उनले हिमालपारिको जिल्ला मुस्ताङ र मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने योजनामा रहेका भक्तजन र पर्यटकलाई अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी आउन समेत अनुरोध गरे ।

कोरोना कहरका कारण मुक्तिनाथ मन्दिर गत चैत्र ११ गते देखि बन्द रहँदै आएको थियो । जिल्लाबासीको सामुहिक प्रयास मुक्तिनाथ मन्दिर दर्शनका लागि खुल्ला भएको हो । मुक्तिनाथ विकास समितिको निर्देशनमा कोरोना रोकथाम तथा प्रतिकार्यका लागि मुक्तिक्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षालाई मजबुत तुल्याईएको मुक्तिनाथका सुरक्षाकर्मीले बताए ।

उनका अनुसार मुक्तिनाथ आउने भक्तजनलाई मन्दिर परिसर बाहिरको गेटमा स्वास्थ्य सुरक्षा चेकजाँच गर्ने र मन्दिर परिसरभित्र लगाएको गोलाकार चिन्हमा टेकेर भौतिक दुरी कायम गरी १-१ जनालाई मन्दिर प्रवेश गराउने व्यवस्था गरिएको छ । मन्दिर दर्शन गरिसकेका भक्तजनले दक्षिणतर्फ अवस्थित ज्वालामाई क्षेत्र हुँदै बाहिरिनु पर्ने र मन्दिरमा १ घण्टा बढी समय लिन नपाईने नियम लागु गरिएको ति सुरक्षाकर्मीले जानकारी दिए ।

मुक्तिनाथ विकास समितिले विदेशी पर्यटकलाई ७२ घण्टे पिसिआर रिपोर्ट अनिवार्य तोकेको छ । यस्तै ,मन्दिरमा कार्यरत पुजारी ,आनीझुमा ,सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक स्वास्थ्य प्रोटोकल अनिवार्य गराएको छ ।समितिले कोभिड-१९ को जोखिम हुँनसक्ने भन्दै मुक्तिनाथ दर्शनका लागि पुग्ने भक्तजनलाई १०८ धारामा नुहाउन र कुण्डमा स्नान गर्न प्रतिबन्द लगाएको छ । 

मुक्तिनाथ खुल्ला भएको पहिलो दिन दर्शन गर्न पुगेकी झापाकी भक्तजन शुशिला प्रधानले मुक्तिनाथ खुलेको पहिलो दिन दर्शन गर्ने अवसर पाउँदा उत्साहित तुल्याएको बताईन् । उनले कोरोना कहरको बेला मुक्तिनाथ विकास तथा स्थानीय तहले अपनाएको स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्थापन राम्रो लागेको बताईन् ।उनले हिमाली जिल्ला मुस्ताङ र मुक्तिनाथ आउन सहज व्यवस्था भएको उल्लेख गरिन् ।

मुस्ताङमा कोरोना कहरले मुक्तिनाथ मन्दिरसहित जिल्लाका पर्यटक लक्षित होटलहरु बन्द अवस्था थिए । सरकारले असोज १ गते आन्तरिक तथा बाह्य हवाई उडान सेवा खुल्ला गरेको र पछिल्लो समय धार्मिक स्थल खुल्ला गरेको भएपनि कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै मुक्तिनाथ दर्शनका लागि खुल्ला हुन सकेको थिएन ।गण्डकी प्रदेशकै आर्थिक धरोहरको रुपमा रहेको मुस्ताङको  मुक्तिनाथ खुल्ला नहुँदा आम पर्यटनकर्मी तथा व्यवसायी समस्या परेकाले मुस्ताङलाई मुक्तिनाथ खोल्न दबाब सृजना भएको थियो । सरोकारवालाबाट चौतर्फी दबाब बढेपछि मुस्ताङका होटल र मुक्तिनाथ दर्शन खुल्ला गरिएको हो ।

मुक्तिनाथ मन्दिरमा कार्यरत आनीले १० महिना लामो मुक्तिनाथ खुलेपनि आफुहरुलाई कोरोना संक्रमणको डर र त्रास रहेको बताइन् ।यस्तै ,मन्दिरका अर्का पुजारीले कोरोना कहरमा बिहान-बेलुकी नियमित नित्यकर्मको पुजापाठ हुने गरेको भएपनि मन्दिर खुलेपछि संम्पूर्ण तिर्थयात्रीले दर्शन गर्ने अवसर पाउँदा खुसीको अनुभुती भएको बताए ।

हिमाली जिल्ला मुस्ताङमा गत असोज १ गते देखि लामो तथा छोटो दुरीका यातायात सेवा संञ्चालनमा रहेपनि मुक्तिनाथ मन्दिर नखुल्दा यातायात व्यवसायी तथा लिजमा होटल चलाउनेहरु समेत समस्यामा पर्दैआईरहेृका थिए ।यस्तै ,कोरोना कहरका कारण गत चैत्र ११ गते पोखरा ÷जोमसोम हवाई उडान समेत बन्द छ । बर्सेनि ६० हजार विदेशी पर्यटक र ३ लाख आन्तरिक पर्यटक मुस्ताङको मुक्तिनाथ आउने गरेको मुक्तिनाथ विकास समितिले प्रस्तुत गरेको कार्ययोजनामा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.