तिमी भन्दैछौ ‘मलाई मात्रै सुन,  मलाई मात्रै मान’

तिमी भन्दैछौ ‘मलाई मात्रै सुन,  मलाई मात्रै मान’

काठमाडौं : सुन शासक हामी चाहन्छौं विधिको शासन। या त तिमी हुनेछौ विधि भित्र, या कहीं पनि हुनेछैनौ। 

प्रज्ञा प्रतिष्ठानको डवली परिसर। प्रेक्षालयमा चारैतिर छरिनेगरी बिच्छ्याइएको सेतो कपडा। कपडामाथि कालो र पहेलो रंगले कलाकारहरु अमुर्त आकृति कोरिरहेका छन्। कलाकार रविन्द्र श्रेष्ठ, रसिक राज, रवि मिश्र लगायतले  विरोधको सांकेतिक विम्व बनाइरहेका थिए। छेउमै थुप्रिएको थियो नया युगको शुरुवात भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फोटो राखेर प्रचार गराइएका पत्रिकाका थुप्रो। डलवी दृष्य केही सांकेतिक देखिन्थ्यो। यसैबीचमा पृष्ठभूमिमा सुनिन्छ ‘ओए सरकार सुन्, समृद्धिको बाजामा प्रतिगामी धुन।’ शुरुवातमा के गरेको ? के हुँदैछ उपस्थित दर्शक अलमल देखिन्थे। डवलीमा नागरिक समाजको विरोध सभा चलिरहेको थियो। 

यही विचमा रंगकर्मी युवराज घिमिरेको आवाजमा रहेको कविताको नाट्य प्रस्तुति पनि देख्न सकिन्थ्यो। कविताको शब्दसँग रंगकर्मीहरु डवली परिसरमा अभिनय गरिरहेका थिए। कहिले कलाकारहरु आपसमा लडिरहेका देखिन्थे त कहिले प्रतिगमनको विरोधमा सांकेतिक अभिनयमा मग्न देखिन्थे। जे होस् मंगलबार प्रज्ञा प्रतिष्ठान डवली परिसरमा गजवको दृष्य देख्न सकिन्थ्यो। 

रातो टिर्सटमाथी कालो पेन्ट लगाएका युवतीहरु यत्रतत्र छरिएका थिए। 'महिलाका लागि राजनैतीक साक्षरता' लेखिएको टिर्सट लगाएका युवतीको समुहले नारा लगाउँदै, कोरस गाउँदै प्रधानमन्त्रि र राष्टपतिलाई प्रस्न गरिरहेका थिए। उनीहरुले लगाएको रातो मास्कमा 'असंवैधानिक' लेखिएको थियो। सामान्यतया राजनीतिक विषयमा महिलाको उपस्थिति कम देखिने गरेको अवस्थामा यो समुहको प्रस्तुतिले राजनीति बुझ्ने र त्यसमा भएका विकृतिलाई खबरदारी गर्ने कार्यमा महिलाहरु पनि संख्यात्मक रुपमा बढ्न लागेको अनुभुति हुन्छ। अब महिला पनि निरङकुशताको विरुद्धमा बोल्छन् भन्ने सन्देश भेटिन्थ्यो। 

'पोलिटिकल लिटरेसि फर वुमन', 'वुमन अन पोलीटिक्स' जस्ता नारा लेखिएका टिर्सट लगाएका महिलाको यो समुह निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा पनि सक्रिय थियो। देशमा सुशासन हराएको र शासक निरङकुस भएर संविधान विपरित काम गरिरहेको उनीहरुको बुझाइ थियो। डवली परिसरमा उनीहरु 'संविधानलाई कुल्चेर, नैतिकतालाई बिर्सेर, न्यायालय के गर्देछौ, के जोखना हेर्दैछौ ? ', 'कानुन माथि को रैछ ?', 'जनता रोगले ग्रस्त छन्।', 'न्याय मार्न पाइँदैन' जस्ता नारा लगाउँदै थिए।

प्रतिनिधिसभा विधटनको विरोधमा नागरिक समाज निरन्तर आन्दोलनमा छ। पुस ११ गते माइतीघर मण्डलामा शंख बजाएर सडक आन्दोलन  सुरु गरेको नागरिक समाजले मंगलबार प्रज्ञा प्रतिष्ठानको डवलीमा विशाल सभा गर्यो। 

मंगलबारको सभामा स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेका नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेले भिडियो मार्फत नै आन्दोलनमा ऐक्यवद्धता जनाउँदै शुभकामना व्यक्त गरेका थिए। लेखक नारायण वाग्ले मार्फत पाण्डेले ६२-६३ को जनआन्दोलनको नासो, नयाँ पुस्ताका नागरिक आन्दोलनकर्मीलाई हस्तान्तरण गरेका छन्। 

लोकतन्त्र र संविधानको रक्षा गर्न नयाँपुस्ताको महत्वपूर्ण भूमिका हुने भन्दै उनले जन आन्दोलनको सहयोगार्थ लिएको २० हजार ५६ रुपैयाँ हस्तान्तरण गरेका हुन्। जसमा नागरिक आन्दोलनको धन लेखिएको थियो। सभालाई संवोधन गर्दै जनकवि दुर्गालाल श्रेष्ठले भिडियोबाटै कविता वाचन गरेर सुनाए।  

सभामा स्रष्टा सर्जकका अनेक प्रकारका प्रस्तुति देखिए। सभामा नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष दीलीप थापा, अपाङगता प्रतिनिधि भोजराज श्रेष्ठ, लेखक नारायण वाग्ले, युग पाठक, अभियन्ता सिएन थारु, मुत्तसिंह तामाङ लगायतले सम्बोधन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.