मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

राजविराज : तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा बिहीबार बिहान दुई युवकको मृत्यु भएको छ। सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित हुलाकी राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक र बीचमा सवार युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकृत डिएसपी भुवनेश्वरप्रसाद साहका अनुसार प्रदेश २–०१–००१–प ६१४६ नम्बरको मोटरसाईककल दुर्घटना हुँदा चालक खडक नगरपालिका–११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। पोष्टमार्टमका लागि दुबै शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो मोटरसाइकल पछाडि सवार सोही ठाउँका २१ वर्षीय सुनिलकुमार चौधरी गम्भीर घाइते भएका छन्। उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ। घाइते चौधरीलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरिएको छ। तीन जना सवार तीव्र गतीको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको डिएसपी साहले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.