लागुऔषधसहित गोलबजारबाट दुई पक्राउ

लागुऔषधसहित गोलबजारबाट दुई पक्राउ

सिरहा : प्रहरीले लागुऔषधसहित दुई जनालाई सिरहाको गोलबजारबाट पक्राउ गरेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले जाँचको क्रममा दुवै जनालाई बिहीबार लहानतर्फ जाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-२ का २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ का २७ वर्षीय अनिल शर्मा रहेका छन्। स ७ प ५७१२ नम्बरको पल्सर र स १० प ५५२२ नम्बरको एफजेडएस मोटरसाइकलमा उनीहरु लागुऔषध बोकेर लहानतर्फ गइरहेका थिए।

उनीहरुको साथबाट प्रहरीले नाइट्रोभेट ट्याब्लेट १४ सय ९७ पीस, स्पासमोप्रोक्सन ४८ पीस, फेनारगन ४५ पीस, नोफिनइन्जेक्सन ४५ पीस, डाइजीपाम ४५ एम्पुल र डाइलेक्स डिसी ३४ बोतल लागुऔषध बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.