सिन्धुलीमा सालको अवैध काठ सहित चार जना पक्राउ

सिन्धुलीमा सालको अवैध काठ सहित चार जना पक्राउ

सिन्धुली : सिन्धुलीमा सालको अवैध काठ चोरी निकासी गर्ने चार जना लाई ट्याक्टर सहित पक्राउ परेका छन् ।

शुक्रबार पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका २ सिन्धुलीका ४८ वर्षीय कर्णबहादुर तामाङ, सोही ठाउँका १८ वर्षीय भुवन मगर, ३५ वर्षीय बलबहादुर राना र ५० वर्षीय मानबहादुर मगर छन् । उनीहरुमध्ये तामाङ ट्याक्टर चालक समेत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामकुमार खत्रीले जानकारी दिए ।

‘उनीहरुलाई तीनपाटन गाउँपालिका १ बाट सालको काठ अवैध चोरी निकासी गरी कमलामाई नगरपालिका १० सरकारी टोलतर्फ ट्याक्टरमा राखी ल्याउँदै गर्दा ना ३ त ८०० नम्बरको ट्याक्टर र काठ सहित प्रहरीले नियन्त्रणमा लिएको हो,’ खत्रीले भने ।

उनीहरुलाई सालको कडी २३ दशमलव ७९ क्युफिट, झ्यालको चौकस ४ थान, ढोकाको चौकस ५ थान, २१ थान पट्टा (फलेक) ट्याक्टरमा लोड गरी ल्याउँदै गर्दा शुक्रबार दिउँसो एक बजेको समयमा इलाका प्रहरी कार्यालय भिमानको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएको काठ, ट्याक्टर सहित चारै जनालाई शुक्रबार नै सब डिभिजन वन कार्यालय भिमानलाई आवश्यक कारवाहीका लागि प्रहरीले बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.