डोल्पामा पहिलो दिन २१ स्वास्थ्यकर्मीलाई लगाइयो कोरोनाविरुद्ध खोप

डोल्पा : विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (काभिड–१९) विरुद्धको खोप अभियान जिल्ला अस्पताल डोल्पामा शुभारम्भ गरिएको छ। बुधबार जिल्ला अस्पताल डोल्पामा एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले ब्यानर खोलेर शुभारम्भ गरेका हुन्।
सुरुमा जिल्ला अस्पताल डोल्पामा कार्यरत स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु गरिएको छ। पहिलो दिन जिल्ला अस्पताल डोल्पामा कार्यरत २० जना स्वास्थ्यकर्मीलाई खोप लगाइएयो।
जिल्ला अस्पताल डोल्पामा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउतले पहिलो खोप लगाएका छन्। विशेषज्ञहरुले खोप निमार्ण गरेको हुनाले मनोवल बलियो गरेर खोप लगाउन सबैलाई डाक्टर राउतले आग्रह गरेका छन्।
कोभिड–१९ विरुद्धको खोप डोल्पामा १२१ भाइल आएकोले पहिलो चरणमा ५ सय १४ जनालाई लगाउन सकिने स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजल रावलले जानकारी दिए। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार पहिलो चरण अन्तर उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरुबाट खोप लगाउन सुरु गरिएको डाक्टर रावलले बताए।
काभिड–१९ खोप अभियान अन्तरगत पहिलो चरणमा जिल्ला अस्पताल डोल्पामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने र त्यसपछि उच्च जोखिममा रहेका व्यक्ति, दीर्घरोगी वृद्धवृद्धालाई लगाइने जिल्ला स्वास्थ्य डोल्पाका कोभिड १९ अधिकारी टेकबहादुर गुरुङ्गले बताए। पहिलो चरणमा लगाएको २८ दिनपछि दोस्रो पटक खोप लगाउनु पर्ने भएकोले यसबीचको समयमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई तालिम दिएर अन्तिम चरण्को खोप लगाइसकेपछि सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई गाउँगाउँमा खोप शिविर संचलानको लागी पठाइने स्वास्थ्य कार्यालय डोल्पाका कोभिड १९ अधिकारी गुरुङ्गले जानकारी दिए।
यो खोप १८ वर्षमुनिका बालबालिकाले लगाउन नमिल्ने जनाइएको छ। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जिल्ला अस्पताल डोल्पामा कोभिड–१९ खोप शुभारम्भ गर्दै खोपको सफलताको शुभकामना पनि दिएका छन्। खोप लागएको छु भनेर हेलचक्राही नर्गन स्वास्थकर्मीले आग्रह गरेका छन्।
खोप लगाइसकेपछि पनि संक्रमण हुन सक्ने भन्दै मास्क, स्यानिटाइजर, सामाजिक दुरी जस्ता बच्ने उपायाहरु पालना गरिराख्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
