छोरी बलात्कारको आरोपमा बुबा पक्राउ
राजविराज : सप्तरीमा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा उनकै बुवा पक्राउ परेका छन्। पीडितकी आमाले दिएको उजुरीका आधारमा ३८ वर्षीय पीडितका बुबा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले पक्राउ गरेको हो।
बलात्कारको आरोपमा इलाका प्रहरी कार्यालय हनुमाननगरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ। गत शुक्रबार मादक पदार्थ सेवन गरी अर्धबेहोसी अवस्थामा आएका आरोपितले आफ्नै घरकोठामा छोरीलाई बलात्कार गरेको पीडितकी आमाले बताइन्। पीडित बालिकाको आइतबार गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ परीक्षणसमेत भएको छ।
स्वास्थ्य परीक्षण पश्चात हाडनाता करणीमा उजुरी दर्ता गरी थप अनुसन्धान भइइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।