जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ घाइते

जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ घाइते

सिन्धुलीः सिन्धुलीमा शुक्रबार जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन । जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जिल्लाको हरिहरपुरगढी गाउँपालिका ५ सिमसारपाखास्थित मदन भण्डारी लोकमार्गमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मरिण गाउँपालिका–२ सिन्धुलीका वर्ष २५ का प्रताप लोको मृत्यु भएको हो । उनको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । 

सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक सन्तोष कुमार पोखरेलका अनुसार बखपरबाट मरिण गाउँपालिका २ रातमाटेतर्फ जन्ती लिएर जाँदै गरेको थियो । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.