क्यान्सर जित्न प्रतिबद्धता

क्यान्सर जित्न प्रतिबद्धता

शरीरका अंगप्रत्यंगका कोष वा कोषिका अनियन्त्रित रूपमा अस्वाभाविक आकार र संख्यामा वृद्धि भएर शरीरलाई प्रतिकूल असर पार्ने, नसर्ने रोगमध्येको डरलाग्दो र प्राणघातक रोग क्यान्सर हो। क्यान्सरले आफूनजिकका तन्तुमा असर पार्नुका साथै शरीरमा एक स्थानबाट अर्को स्थानमा तन्तुमा रगत, लिम्फबाट सर्न वा असर पार्न सक्छ। तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। अर्वुदरोग उपचार गर्न सकिने एक दुःख हो, जुन पुरुषमा प्रायजसोको उपचार हुन्छ र महिलामा झन् सुरुमै पत्ता लगाउन सकिन्छ।

विश्वमा एक करोड ८१ लाख नयाँ क्यान्सरका रोगी रहेको र त्यसमा ९६ लाखको वार्षिक मृत्यु हुन्छ भने नेपालमा ६० हजार रहेको तथा वार्षिक करिब २६ हजार थपिने र १९ हजारको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले हरेक ६ मृत्युमध्ये १ मृत्यु क्यान्सरबाट हुने बताउँछ। बालबालिकामा विश्वमा झन्डै ९० प्रतिशत क्यान्सर निको हुने भए पनि नेपालमा कान्ति बाल अस्पतालमा ७० प्रतिशतसम्म देखिएको छ। नेपालमा वार्षिक एक हजार पाँच सय बालबालिकामा क्यान्सर हुने गरे पनि उपचारको पहुँचमा चार सय मात्र छन्।

नेपालमा सुर्तीजन्य पदार्थ सेवनले हुने रोगको उपचारमा वार्षिक ४० अर्ब बढी खर्च र कूल ग्राहस्थ उत्पादनको १.५ प्रतिशत खर्च हुने गरेको छ। अध्ययनमा सुर्ती सेवनबाट उत्पन्न प्रमुख रोगमा क्यान्सर र श्वासप्रश्वाससम्बन्धी छ। क्यान्सर उपचारमै १६ प्रतिशत बिरामीले जायजेथा गुमाउनुपरेको र उपचार खर्चमा वार्षिक औसत आम्दानीभन्दा पाँच गुणा बढी देखाएको छ। क्यान्सर उपचारमा ८६ प्रतिशत आर्थिक कठिनाइ भोग्न बाध्य छन् भने १४ प्रतिशत ऋण लिन बाध्य छन्। सरदर साढे ३ लाख बढी खर्च उठ्ने गर्छ। क्यान्सर उपचारमा भन्दा खान–बस्नमा धेरै खर्च लाग्ने गरेको छ। कूल खर्चमा ८० प्रतिशत खान–बस्नमा र २० प्रतिशत औषधोपचारमा लाग्ने गर्छ।

विश्वमा पाठेघरको मुखको क्यान्सर वार्षिक पाँच लाखलाई हुने र २ लाख अर्थात् दैनिक ५४८ वा हरेक घन्टा २३ को मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले बताएको छ। नेपालमा महिलााई हुने क्यान्सरमा १८.५ प्रतिशत तथा क्यान्सर रजिस्ट्रीका अनुसार १८ हजार ५ सय महिलालाई हुने गरेको छ। कोरोना सर्ने डर, लाज, संकोच तथा बन्दाबन्दीले क्यान्सरका जटिलता र क्यान्सरका बिरामी पनि बढेका छन्।

कारण

अर्बुद रोग हुने सम्भावना निश्चित रूपले बढाउनेमा करिब ९० प्रतिशत क्यान्सर खानपिन, रहनसहन, वातावरण, जीवनशैली आदिका कारणले र १० प्रतिशत शरीरको आन्तरिक कारणले हुने गर्छ। सुर्ती तथा सुर्तीजन्य पदार्थ, मादक पदार्थ, खानपिन, पोषणको कमी भिटामिन ए, ई र सी, खनिजतत्व फलामजस्ता तामा र म्यागनिज, तयारी खाना, बासी खाना र बढी चिल्लो भएका खाना, प्रदूषण– विषालु रसायन, आर्सेनिक, निकेल, अस्वेस्ट्स, अल्कत्रा र तार, विकिरण– एक्सरे, अल्ट्राभाइलेट किरण, भाइरस– ईबीभी, एचपीभी, एचएसभी, सीएमआई, भेरिसेला ज¬स्टर, हेपाटाइटिस, असुरक्षित यौन व्यवहार, हर्मोन– स्ट्रोजेन र टीएसएच, उमेर र वंशानुगत पर्छन्।

लक्षण 

 क्यान्सर बालबालिकादेखि वृद्धसम्म सबैलाई लाग्न सक्छ। तर पनि जति उमेर बढ्दै गयो त्यति नै क्यान्सर लाग्ने सम्भावना बढ्दै जान्छ। नेपालमा देखिएका क्यान्सरमा पुरुषमा मुख तथा घाँटीको, फोक्सोको र ठूलो आन्द्राको सबैभन्दा बढी पर्छ भने स्त्रीमा पाठेघरको मुखको, स्तन र फोक्सोको क्यान्सर तथा बालबालिकामा रगत र आँखासम्बन्धी क्यान्सर बढी देखिएको छ।तर क्यान्सर एउटा लक्षण, निदान र उपचारमा अबजसिलो रोग हो।

सुरुका आठ लक्षणमा विनाकारण वजन घट्ने, अपच वा खाना निल्न गाह्रो हुने, दिसा वा पिसाबको बानीमा फरक पर्ने, असाधारण रक्तस्राव वा पीप आउने, उपचारद्वारा निको नहुने पुरानो घाउ हतपत निको नहुने, खोकी वा घोक्रो स्वर हुने, कोठीको रङ र आकारमा परिवर्तन देखा पर्ने, स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आउने पर्छन्। अंगअनुसार लक्षण पनि फरक–फरक देखिने गर्छन्। क्यान्सर लागिसकेपछि व्यक्ति दुब्लो, पातलो, कमजोर हुँदै जाने, भोक नलाग्ने, रक्तअल्पत्ता हुने र प्यारानियोब्लस्टीक सिन्ड्रोम हुँदै सिकिस्त हुन्छ र मृत्यु हुन्छ।

निदान

बिरामीको इतिहास सविस्तार जाँच गरेर, रगत, दिसापिसाबको परीक्षण गरेर, सियोले गिर्खाबाट पानी झिकी परीक्षण गरेर (एफएनएसी) तन्तु वा कोषको बायोप्सी गरेर, साधारण तथा स्पेसल एक्स रे अल्ट्रासोनोग्राम, सीटी स्क्यान, एमआरआई र इन्डोस्कपिक जाँँच गरेर क्यान्सर निदान गर्न सकिन्छ।

उपचार

कुनै पनि क्यान्सरको उपचार कति सफल रहन्छ भन्ने कुरा क्यान्सरको अवस्था, स्थान, प्रकार तथा किसिमले साथै बिरामीको स्वास्थ्य अवस्था र उमेरले पनि निर्धारण गर्छ। वयस्कमा सय क्यान्सरमध्ये ४० निको हुन्छ भने बच्चामा सयमा ९० निको हुन्छ। सुरुकै अवस्थामा क्यान्सर निदान हुन सक्यो र उपचार सुरु गरियो भने उमेर ढल्किसकेका र रोगको अवस्था जटिल तथा ढिलो भइसकेकोमा भन्दा सफल रहन्छ र क्यान्सर निको भई धनजनको क्षति न्यूनीकरण गर्न सकिन्छ।

शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, हार्मोनथेरापी र इम्युनोथेरापी क्यान्सर उपचारमा प्रयोग गीरन्छ। क्यान्सर एक जटिल रोग भए पनि करिब ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एकतिहाइ क्यान्सर समयमा पत्ता लगाई उपचार गरेमा निको पार्न सकिने र बाँकीलाई उचित उपचारबाट आयु लम्ब्याउन सकिन्छ।

९० प्रतिशत क्यान्सर सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थकर खानपिन र रहनसहन, वातावरणीय प्रदूषण इत्यादिले हुने भएकाले यस रोगलाई समयमै प्रभावकारी ढंगले क्यान्सर रोकथाम तथा नियन्त्रणका कार्यक्रम सञ्चालन गरी नियन्त्रण गर्न सकिन्छ। जाँडरक्सीको उत्पादन र प्रयोगमा बन्द नभए नियन्त्रण गर्नुपर्छ। अस्वस्थकर खानपिनको बानीव्यहोरामा सुधार ल्याउनुपर्छ। हेपाटाइटिसजस्ता क्यान्सर बनाउन सक्ने संक्रमणविरुद्धको खोप लगाउने र रोग लागिहालेमा तत्काल उपचार गराउनुपर्छ। ताजा र हरिया सागपात र मौसमअनुसारका फलफूल दिनहुँ खानुपर्छ।

अन्त्यमा, रोग त्यसैमा क्यान्सर रोग स्विकार्न त्यति सजिलो छैन हाम्रो समाजमा। स्वस्थ हुनका लागि औषधोपचारका साथै जीवनमा अरू पक्षले अहम् भूमिका खेल्ने गर्छन्। यसमा चिकित्सक र नर्सका व्यवहार, परिवारको स्याहार–सुसार, आफन्त र साथीहरूको शुभकामनाले पनि स्वास्थ्यमा सुधार र सकारात्मक असर परी रोगीको मनोबल बढ्छ। फलस्वरूप रोगसँग लड्ने क्षमता बढ्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.