रताडाका अग्नि पीडितलाई राहत

रताडाका अग्नि पीडितलाई राहत

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका वडा नं. २ रताडाका अग्नि पीडितलाई राहत वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा विभिन्न संघ संस्थाहरुले रताडाका अग्नि पीडित ६ परिवारलाई राहत वितरण गरिएको हो। 
  

गत शुक्रबार मात्र रताडामा भएको आगलागीबाट पदमबहादुर बिक, झुप्री बिक, भैरे विक, दिपक बिक, अनिपाल बिक र धनि बिकको घर जलेको थियो। उनीहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रति परिवार दुई कम्मल, तीन हजार रुपैयाँका दरले राहत वितरण गरिएको प्रमूख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए। 

उनका अनुसार आगलागीबाट समस्यामा परेका ६ दलित परिवारहरुलाई विभिन्न निकायबाट आवश्यक समाग्रीहरु सहयोग गरिएको छ। 
  

यस्तै नेपाल रेडक्रस सोसाईटीबाट प्रतिपरिवार एक सेट भाँडा, एक कम्मल, एक सेट लत्ताकपडा, एक त्रिपाल सहितका सामानहरु वितरण गरिएको रेडक्रस जिल्ला शाखाका सभापती बलप्रसाद संज्यालले बताए। उनका अनुसार आगलागीबाट पीडित परिवारहरुलाई तत्कालको समस्या समाधान गर्ने गरी अत्यावश्यक सामानहरु सहयोग गरिएको हो। 
तिलागुफा नगरपालिका प्रमूख रतनबहादुर शाही, जिल्ला प्रहरी प्रमूख डिएसपी चक्रबहादुर शाहा, सशस्त्र प्रहरी गुल्म कालिकोटका प्रमूख डिएसपी रामबाबु पाली बागटी लगायतका सरोकारवालाहरुको उपस्थितिमा तिलागुफा नगरपालिका सहित विभिन्न गैर सरकारी निकायहरुले दाल, चामल, नुन, तेल सहितका सामानहरु पनि वितरण गरिएको छ। 

आगलागीले वर्षेनी क्षति 
    
२०७५ साल पुस ८ गते जिल्लाको पलाँता गाँउपालिका वडा नं. १ खाडामा यही पुस ८ गते राती भएको आगलागीमा ३२ घरमात्र जलेका थिए। खाडामा भएको आगलागीमा ३२ घरहरु पूर्ण रुपमा जलेर नष्ट भए। 
अन्य आश्रित परिवार समेत जोडेर ४२ परिवारहरु प्रभावित भएका थिए। लाखौंको धन माल क्षति भयो।  यस्तै गत वर्षको चैतमा पनि जिल्लाको पचालझरना गाउँपालिका वडा नं. ३ स्थित खाद्रुमा घरमा आगलागी हुँदा ३५ बाख्रा जलेर नष्ट भएका थिए। स्थानीय लोकेन्द्र कठायतको घरमा आगलागी हुँदा गोठमा हुलेका ३५ वटा बाख्रा जलेर नष्ट भएका थिए। 
आगलागीबाट ४ लाख बराबरको क्षति भएको थियो। जंगलबाट आएको आगो घरमा सल्किएर गोठमा हुलेका ३५ बाख्रा जलेका थिए। यो वर्ष पनि दुई पटक आगलागी भएको छ। गत पुसमा राचुलीको दलित बस्तीमा भएको आगलागीबाट १३ घर जलेका थिए। लाखौंको क्षति भयो। गत शुक्रबार रताडामा आगलागी हुँदा ६ परिवारको विचल्ली नै भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.