प्रवासी एकता मञ्चमा बोहरा

प्रवासी एकता मञ्चमा बोहरा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवासी नेपाली एकता मंच, नेदरल्याण्ड्सको अध्यक्षतामा धनकुमार बोहरा चयन भएका छन् ।

नेकपा प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाईको अध्यक्षतामा सम्पन्न मञ्चको भर्चुअल भेलाले बोहराको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय समिति पुर्नगठन एवं विस्तार गरेको हो । 

मञ्चको राष्ट्रिय समितिको सचिवमा थानेश्वर गौतम र सदस्यमा संघर्षशील केसी, श्याम सापकोटा, तारानाथ सापकोटा, प्रयागराज खनाल, नितु श्रेष्ठ, बलराम पोखरेल, कमल शाही,पूजा थापा, कर्ण रोक्का, कमल रसाइली,रविन्द्र केसी, नवराज राई, बिर्ख सुब्बा, वृन्दा थापा खड्का र कैलाश गिरी छन् । 

भेलाले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गरेको अध्यक्ष बोहराले जानकारी दिए । 

प्रतिनिधिसभा विघटनविरुद्ध नेपालमा जारी आन्दोलनको समर्थनमा एक्यबद्धता जनाउँदै यो प्रतिगामी कदमको प्रवासबाट पनि कडा आलोचना, निन्दा र भर्तत्सना गर्ने निर्णय गरिएको पनि बोहराले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.