मुस्ताङमा कोभिड भ्याक्सिन लगाउनेको संख्या ५२३ पुग्यो
जोमसोम : मुस्ताङमा हालसम्म ५२३ जना व्यक्तिले कोभिड —१९ विरुद्धको भ्याक्सिन लगाएका जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। जसमा पुरुष ४१४ र १०९ जना महिला छन्।
आइतबार २१ जना पुरुष र ९ जना महिला गरी ३० जनाले कोभिड—१९ विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए। उनका अनुसार कोभिड भ्याक्सिन लगाउने कार्यको प्रगती ८७.७५ प्रतिशत रहेको छ।
मुस्ताङमा फागुन २ गतेदेखि फागुन ९ गतेसम्म कोभिड भ्याक्सिन लगाउने कार्यक्रम रहेको थियो। कोभिड भ्याक्सिन जिल्ला अस्पताल जोमसोममा रहेको थियो। स्वास्थ्य कार्यालयले उपलब्ध भएको केही थान भ्याक्सिन मौजाद रहेकोले यसलाई निरन्तरता दिइने जनाइएको छ।