तथ्यांकसम्बन्धी फेलोसिप सञ्चालन हुँदै

तथ्यांकसम्बन्धी फेलोसिप सञ्चालन हुँदै

काठमाडौं: तथ्यांक सम्बन्धी सीप विकास गर्ने उद्देश्यले मुलुकमा हालसम्मकै ठूलो फेलोसिप कार्यक्रम सञ्चालन हुने भएको छ । यो कार्यक्रममा ५ सय भन्दा बढी नेपालीलाई सहभागी गराइनेछ ।

फेलोसिप कार्यक्रमको कुल बजेट करिब दुई करोड नेपाली रुपैँया बराबर छ । फेलोसिप कार्यक्रम विश्वभर नै तथ्यांकसम्बन्धी सीप सिकाउँदै आएको डाटा क्याम्पको विशेष सहयोगमा हुन लागेको हो ।

सहभागीहरुलाई तालिममा सघाउने र त्यसपछिका सम्भावित अवसरका खोजीमा सहजीकरण गर्न ओपन नलेज नेपाल र कोड फर नेपाल नामक दुई संस्थाले साझेदारी गरेका छन् । फेलोसिप कार्यक्रममा छनोट भएका व्यक्तिहरुले आफ्नो अनुकुलमा विज्ञ व्यक्तिबाट तथ्याकंसम्बन्धी सीप सिक्न पाउनेछन् ।

यस तालिमको अवसर पाएपछि उनीहरुले आफ्नो दक्षता नेपालमा मात्र नभई विश्व बजारमै तथ्यांक वैज्ञानिक (डाटा साइन्स), तथ्यांक इन्जीनीयर (डाटा इन्जिनियर) र तथ्यांक विश्लेषक (डाटा एनालिष्ट) जस्ता पदमा जागिर वा काम पाउनसक्ने सम्भावना रहन्छ । डाटा क्याम्पमार्फत् कुनै सहभागीले तोकिएको कोर्ष पूरा गरेपछि अरु सीप सिक्न चाहेमा उनीहरुका लागि आयोजकले थप सहयोग गर्ने जनाइएको छ ।

तथ्यांकसम्बन्धी फेलोसिप कार्यक्रम किन ?

अहिले विश्वमा हरेक कुराको डिजिटल रुपान्तरण भइसकेको छ । र, यस्तो अवस्थामा तथ्यांकसम्बन्धी सीपको टड्कारो आवश्यकता र महत्व रहेको महशुस भएको छ । तथ्यांक पत्ता लगाउने, त्यसबारे विश्लेषण गर्ने र प्रयोग गर्ने कामले आफ्नो व्यावसायिक क्षेत्रमा मात्र नभइ यसले एउटा अर्थपूर्ण जीवन बिताउन समेत सहयोग गर्छ ।

कुनै व्यक्तिले आफ्नो व्यक्तिले आफ्नो निजी र व्यावसायिक व्यक्तित्व विकास गर्न अत्याधिक इच्छुक छ र, आफ्नो समुदायमा भएका चुनौतीको सामना गर्न चाहन्छन्, भने त्यस्ता व्यक्तिका लागि यो फेलोसिप कार्यक्रम फाइदाजनक हुन सक्ने आयोजकले बताएको छ ।

यो कार्यक्रममा कसरी सहभागी हुने ?

ल्यापटक तथा कम्प्युटर र इन्टरनेटमा सहज पहुँच हुनेहरुले यो फेलोसिप कार्यक्रममा सहभागिता जनाएर त्यसको प्रमाणपत्र लिन पाउनेछन् ।

यो फेलोसिप कार्यक्रममा सहभागी भएकाहरुले भर्चुअल माध्यमबाट ओपन डाटा नेपाल, नेपाल म्याप, आस्क नेपाल र संग्रह जस्ता सिभिक टेक्नोलोजी र ओपन डाटाका उत्पादनहरुमा योगदान दिन सक्नेछन् ।

उक्त फेलोसिप कार्यक्रममा सहभागी हुन आयोजकले मुख्य गरी दुई वटा मापदण्ड तय गरेको छ । सहभागी हुन इच्छुक आवेदकले दुईदेखि तीन महिनासम्ममा हप्तामा कम्तिमा ५ देखि १० घण्टासम्म आफ्नो समय अनिवार्य छुट्याउन सक्ने हुनुपर्छ ।

यससँगै आवेदक नयाँ सीप सिक्न अत्यन्त जिज्ञासु र रुचीकर हुनुपर्छ । इच्छुक व्यक्तिले नेपालको जुनसुकै क्षेत्रबाट पनि आवेदन दिन सक्नेछन् । आवेदन दिन चाहने व्यक्ति विद्यार्थी, कर्मचारी वा कुनै काममा संलग्न नभएका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । आयोजकले खासगरी महिला र प्रदेश २ तथा ६ का तोकिएको मापदण्ड पुरा गरेका जोसुकै व्यक्तिलाई आवेदन दिन अत्यधिक प्रोत्साहन गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.