मुस्ताङ, ताप्लेजुङ र संखुवासभाका नाका अस्थायी रुपमा खुल्ला गरिने

मुस्ताङ, ताप्लेजुङ र संखुवासभाका नाका अस्थायी रुपमा खुल्ला गरिने

जोमसोम : हिमाल जिल्ला मुस्ताङसहित ताप्लेजुङ र संखुवासभाका सीमावर्ती नाका अस्थायी रुपमा खुल्ला गरिने भएको छ । उत्तरी छिमेकी देश चिनको स्वाशितक्षेत्र तिब्बतबाट नेपालमा सहायता सामग्री ल्याउन मुस्ताङको उत्तरी कोरलानाका ,ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथाङ्का नाका अस्थायी रुपमा खुल्ला गरिने जनाइएको छ ।

मुस्ताङसहित तीन जिल्लामा अस्थायी रुपमा नाका खुल्ला गर्न परराष्ट्र मन्त्रालयको ¬(उत्तरपूर्व एशिया महाशाखा)ले २०७६ चैत्र १६ गते संम्वन्धित स्थानीय प्रशासनलाई पत्र पठाएको थियो ।  काठमाडौंस्थित चिनियाँ दुताबासको कुटनीतिक नोट प्राप्त भएकाले गृह मन्त्रालयले सो अनुसार सहजीकरण गर्न गराउन सम्बन्धित स्थानीय प्रशासनलाई परिपत्र गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ ।

मन्त्रालयको परिपत्र अनुसार उत्तरी सीमावर्ती जिल्ला मुस्ताङ ,ताप्लेजुङ र संखुवासभा जिल्लामा स्थानीय प्रशासनको स्वीकृतिमा अबदेखि आवश्यकता र औचित्यताको आधारमा अस्थायी रुपमा नाका खोल्न सहज भएको छ ।

मुस्ताङमा बर्सेनि असार र भदौ महिनामा अन्तरदेशिय व्यापार मेलाको लागि कोरलानाका सीमित समयका लागि दुई पटक खुल्ला हुने गर्छ ।चिन पक्ष र सीमावर्ती गाउँपालिकाको आपसी समन्वयमा बर्सेनि मेला आयोजना हुने गरेको छ ।  मेला आयोजना गर्दा स्थानीय प्रशासनलाई समेत जानकारी गराइने गरिन्छ । मुस्ताङको उत्तरी कोरलानाकामा असार र भदौ महिनामा लाग्ने अन्तरदेशिय मेला बाहेक अन्य समयमा कोरलानाकाको ढोका पुरै बन्द रहन्छ । 

सरकारले सीमावर्ती तीन जिल्लालाई अस्थायी रुपमा नाका खोल्ने अधिकार दिएपछि सीमावतीक्षेत्रका बासिन्दालाई थप राहत पुगेको छ ।तर, सरकारले सहायता सामाग्री भन्ने जनाएपनि सहायता सामाग्रीको स्पष्ट खाका चित्रण नभएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिईन् ।‘चिनसंग सीमाना जोडिएका तीन जिल्ला अस्थायी रुपमा खुल्ला गर्ने भनीएको छ । अस्थायी रुपमा भन्नाले विगत वर्षमा पनि अस्थाई रुपमै खोलिन्थ्यो,निरन्तर खुलेको थिएन,'प्रजिअ पौडेलले भनीन्,'मन्त्रालयले अस्थायी भनेपनि यो वा त्यो भन्ने तोकिएको छैन ,सहायता सामाग्री भन्नाले चिनिया सहयोग होकी भन्ने हाम्रो ठम्याइ छ ।'

उत्तरी छिमेकी देश चिनले सीमावर्ती जिल्लालाई बर्सेनि खाद्यान्न ,कृषि उपकरण र स्वास्थ्य सामग्री लगायतमा सहयोग पुर्‍याउने गरेको छ । तर चीनपक्षले यसरी दिने राहत सामाग्री सीमावर्ती क्षेत्रमा ल्याएर हस्तान्तरण गथ्र्यो ।यसर्थ चिनले दिने सहायता सामग्रीका लागि अस्थायी रुपमा खोल्नैपछ भन्ने बाध्यता देखिदैन । चिन पक्षले सहायता सामग्री ल्याउन कुटनीतिक रुपमा अस्थायी नाका खोल्न नेपालसँग सहमती गरेपनि व्यापारिक प्रयोजनका लागि अस्थायी रुपमा नाका खोल्न पाउने होकी भन्ने आशय झल्किन्छ ।

मुस्ताङतर्फ उत्तरी कोरलानाका आसापासको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका स्थानीयले बर्सेनि बर्खायाममा अतिआवश्यक सामाग्री खाद्यान्न ,लत्ता कपडा ,मेशिनरी औजार र किराना सामग्री मेला लाग्ने बेला किनमेल गर्छन् । सीमावर्तीक्षेत्रका बासिन्दा चीनको तिब्बतीक्षेत्रमा जाँदा नागरिकताको देखाएपछि प्रवेश दिइने गथ्र्यो । मेला गर्दा तिब्बत पक्षले सीमावर्ती स्थानीय तहसँग समन्वय गर्ने गरेको पाइएको छ ।यसवर्ष विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्तरी कोरलानाकाको ढुङ्वासेनमा अन्तरदेशिय मेला लाग्न सकेन । कोरोनाका कारण मेला स्थगित भएपछि उपल्लो मुस्ताङमा चिनिया सामानको अभाव देखिएको छ ।

यस्तै , नेपालतर्फ पश्मिना ,यार्सा गुम्बा लगायतका सामग्री निर्यात हुन्थ्यो । लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले सरकारले मुस्ताङसहित तीन जिल्लामा अस्थायी नाका खोल्न पाउने निर्णय स्वागतयोग्य भएको बताए । 

उनले बर्सेनि असार र भदौंमा लाग्ने व्यापारिक मेला अब आवश्यकता र औचित्यताका आधारमा नाका खोल्न सहज भएको जनाए । अस्थायी नाका खोल्ने निर्णयले स्थानीय प्रशासनको अनुमतीमा दशै/तिहारमा भेडा/च्याङ्ग्रा खरिद गर्न सजिलो हुने अध्यक्ष बिष्टले उल्लेख गरे ।

मुस्ताङबाट निर्वाचित प्रदेश सांसद इन्द्रधारा बिष्टले सरकारले चीनसँग समन्वय गरेर अस्थायी रुपमा नाका खोल्न पाउने प्रावधानले उत्तरी कोरलानाका दिर्घकालिन रुपमा नाका खोल्न पूर्व संकेत भएको बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.