मुस्ताङका दुई रिङरोडको काम सुरु
जोमसोम : गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत पूर्वाधार विकास कार्यालय मुस्ताङले जिल्लाको दुई रिङरोड सडकको कामलाई फागुनको दोश्रो सातादेखि तिब्रता दिएको छ।
प्रदेशको एक निर्वाचनक्षेत्र एक सडक योजना अन्र्तगत सुरु गरिएको उपल्लो मुस्ताङको लोमान्थाङ, ढिङ्गर हुँदै नेचुङ जोड्ने रिङरोड सडक र तल्लो मुस्ताङको जोमसोम, ठिनी, ढुम्बा हँुदै छैरो जोड्ने रिङरोड सडक हिउँदयामको मौसम र कोरोना कहरले विगत एक वर्षदेखि प्रभावित भएको थियो।
एक वर्ष लामो कोरोना कहरको सन्त्रास लयमा र्फिर्कएको र हिउँदयामको मौसम अन्त्य हुँदै गर्दा प्रदेश गौरवका दुई रिङरोड सडकको कामले विस्तार गति पाएको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख ईन्जिनीयर विष्णु पौडेलले जानकारी दिए।
उनका अनुसार विभिन्न कारण प्रभावित बनेका दुई रिङरोड सडक आयोजनाको काममा नयाँ ट्र्याक खोल्ने, रक कटिङ गर्ने, सडक स्तरोन्नती, ग्याविक लगाउने, हिमपाइप बिछ्याउने र सडक चौडा गर्ने काम भइरहेको छ।
मुस्ताङको घरपझोङ रिङरोड सडक र उपल्लो मुस्ताङमा लोमान्थाङ रिङरोड सडकको काम एक वर्षपछि सुरु भएको हो। घरपझोङको जोमसोम, ठिनी, सम्ले, ढुम्बा हँुदै छैरो जोड्ने रिङरोड सडक निर्माण तथा सडक स्तरोन्नतिको जिम्मा वन्दन भगवती जलजला जेभीले लिएको हो भने लोमान्थाङ रिङरोड स्तरोन्नतिको जिम्मा इमोटल कन्स्ट्रक्सन ले लिएको हो।
घरपझोङ रिङरोडको लागत २१ करोड ४३ लाख १३ हजार छ भने लोमान्थाङ रिङरोडको लागत २१ करोड १७ लाख ९ हजार छ।
यस्तै ,घरपझोङ रिङरोड सडक निर्माणको सम्झौता २०७६ साल असार २६ गते गते भएको हो। यो रिङरोड २०७८ साल असार २५ गते सम्पन्न भइसक्नुपर्नेमा मौसम प्रतिकुलताका कारण गतवर्ष जम्मा ५ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयका इन्जिनीयर पौडेलले बताए।
कोरोना कहर र चालु वर्षको जाडो मौसमपछि अहिले २० प्रतिशत भौतिक प्रगति भएको उनले जनाए। उनका अनुसार घरपझोङ रिङरोड अबको ४ महिनामा ८० प्रतिशत काम सम्पन्न गर्नुपर्ने बाध्यता छ। जोमसोम, ढुम्बा, छैरो सडक १० दशमलव ५ किमी छ। १० दशमलव ५ किमी लामो सडकको जोमसोमदेखि ढुम्बातालसम्मको ५ किमी सडकमा कालोपत्रे गरिने इन्जिनीयर पौडेलले बताए। उनका अनुसार रिङरोड ७ मिटर चौडा हुनेछ। जसमा जोमसोम/ढुम्बा सडकमा ५ दशमलव ५ मिटर फराकिलो कालोपत्रे हुनेछ। घरपझोङको ढुम्बादेखि छैरोसम्मको रिङरोडमा करिब साढे ३ किमी नयाँ ट्याक खोल्न पर्नेमा हाल २ किमी सडकको नयाँ ट््याक खोलिएको इन्जिनीयर पौडेलको भनाइ छ।