३२ वर्षपछि शिव मन्दिर पुननिर्माण

३२ वर्षपछि शिव मन्दिर पुननिर्माण

जोमसोम : मुस्ताङमा रहेको शिव मन्दिर पूननिर्माण भएको छ। घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्टमा अवस्थित ३२ वर्ष पुरानो जीर्ण शिव मन्दिर पुननिर्माण गरिएको हो । २०४६ सालमा कर्मचारी मिलनकेन्द्र मुस्ताङले निर्माण गरेको शिव मन्दिर पछिल्लो समय संरक्षणको अभाव जीर्ण बनेको थियो । जीर्ण बनेको मन्दिरलाई केन्द्रको पहलमा नगद तथा श्रमदान र जिन्सी चन्दा संकलन गरी पुननिर्माण गरिएको कर्मचारी मिलनकेन्द्र मुस्ताङका सचिव बृजकिशोर चौरासियाले जानकारी दिए ।

मुस्ताङमा कार्यरत कर्मचारीहरुले विशेष हिन्दु चाडपर्वमा उक्त मन्दिरमा पूजाआजा गर्ने गर्छन् । मुस्ताङ सदरमुकामको पुथाङ एअरपोर्ट नजिकैको पश्चिमतर्फ करिब एकसय मिटर अग्लो थुम्कोमा शिव मन्दिर छ ।

शिव मन्दिर पूननिर्माणका लागि विभिन्न दाताबाट ६ लाख ५३ हजार नगद र ३ लाख १५ हजार श्रमदान तथा जिन्सी गरी कुल ९ लाख २१ हजार संकलन गरिएको थियो । मन्दिर पूननिर्माणका लागि मुस्ताङमा कार्यरत कर्मचारी,निर्माण व्यवसायी तथा सरोकारवाला निकायले आर्थिक सहयोग गरेका थिए ।

यसअघि ढुङ्गा माटोले निर्माण गरिएको शिव मन्दिरमा सिमेन्ट प्लास्टर गरी रङरोगन गरी चिटिक्क पारिएको छ  । पुथाङ एअरपोट देखि शिव मन्दिर सम्म पुग्ने रेलिङसहितको सिढी बाटो पुननिर्माण ,मन्दिरको चारकिल्लामा रेलिङ जडान र मन्दिर परिसरमा छप्पनी ढुङ्गा बिच्छ्याउने लगायतको काम भएको मिलनकेन्द्रले जनाएको छ । 

मुस्ताङमा शिव मन्दिर पुननिर्माण भएसंगै मुस्ताङमा हिन्दु धर्ममा आस्थावान कर्मचारी, पर्यटक र सर्वसाधारणलाई पूजाआजा गर्न सहज भएको छ । मन्दिर पुननिर्माण भएसंगै शिव मन्दिर निकै आर्कषण र लोभलाग्दो देखिएको छ ।

शिवमन्दिर पुननिर्माण केवल पुजाआजाका लागि मात्र नभई धार्मिक पर्यटकीय गन्तब्य तथा जोमसोम बजारको दृष्यावलोकनकेन्द्र बन्नसक्ने अनुमान गरिएको छ । शिव मन्दिर पुननिर्माण भएको र त्यसमा धार्मिक थप धार्मिक संरचना निर्माण गर्न सकिएमा मुस्ताङ आउने पर्यटकको उपस्थिति वृद्धि हुने मिलन केन्द्रको दावी छ ।

आज महाशिवरात्रीको दिन कर्मचारी मिलन केन्द्रले पुननिर्माण गरिएको शिव मन्दिरमा धार्मिक अनुष्ठान समेत गरेको छ । अधिकांश बौद्ध धर्मालम्बी रहेको मुस्ताङमा बुद्ध धर्मका दर्जनौं गुम्बाहरु छन् । तर, पुननिर्माण गरिएको शिव मन्दिर मुस्ताङमा एक मात्र हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.