लेखा अधिकृत र इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौं : धादिङ्गस्थीत गंगा जमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुनप्रसाद सापकोटा र इन्जिनियर पुजा कार्कीविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध घुस मुद्दा विशेष अदालतमा दायर गरेको छ ।
अनुसन्धानको सिलसिलामा लेखा अधिकृत सापकोटा र इन्जिनियर कार्कीले बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भएर काम सम्पन्न पश्चात बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएका थिए ।
उनीहरु ९५ हजार घुस लिदालिदै पक्राउ परेका थिए । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।