मुस्ताङमा बेमौसममा हिमपात

मुस्ताङमा बेमौसममा हिमपात

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा शुक्रबार राती वर्षासँगै हिमपात भएको छ। जिल्लाको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका हिमपात भएको छ भने तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्रल ,घरपझोङ र थासाङ गाउपालिकामा वर्षासंगै आशिंक हिमपात भएको जनाइएको छ।

मुस्ताङको तल्लो क्षेत्रमा यस वर्ष बेमौसमको समयमा हिमपात भएको हो। हिमपातले मुस्ताङका उच्च लेक सामान्य सेताम्मे बनेका छन्।  यसअघि उपल्लो मुस्ताङमा दुई पटक आशिंक हिमपात परेको थियो। मुस्ताङमा समुन्द्री सतह देखि २५ मिटरको उचाइमा हिमपात भएको हो। तर बस्तीमा छिटफुट हिउँ परे पनि हिउँदयामको समाप्तीसँगै जमिनको तापक्रम बढेकाले हिउँ बस्तीमा अडिन नसकेको स्थानीय बताउँछन्।

यसवर्ष मुस्ताङमा हिउँ पर्ने याममा समेत हिउँ पर्न सकेन। बर्खायाम सुरु भएसँगै परेको हिउँले यहाँका किसानलाई खासै उत्साहित नतुल्याएको घरपझोङ —४ का किसान अजित थकालीले बताए। उनले मुस्ताङमा स्याउ, खुर्पानी,आरुबखडा लगायतका फलफुलको फूल फक्रिने समय भएकाले अहिले परेको हिउँले क्षति पुर्‍याउने बताए । 

यस वर्ष जाडो महिनामा हिमपात नभएकाले फलफुल तथा अन्नबालीमा विभिन्न प्रकोप देखा पर्न सक्ने उनको भनाइ छ। पुस र माघ महिनामा परेको हिउँ किसानका लागि बरदान हुने भए पनि मुस्ताङमा यसपटक हिउँ ढिलो परेको जनाए। मुस्ताङमा पुस र माघ महिनामा स्याउ बगैचा व्यवस्थापन गर्ने समय हुन्छ। त्यसबेला परेको हिउँले अन्नबाली तथा फलफूल उत्पादनलाई फाइदा पुग्छ।

मुस्ताङमा पछिल्लो समय जलवायु परिवर्तनको संकेत देखिन थालेको छ। केही वर्षयता मुस्ताङमा भारी हिमपात हुने,आंशिक हिमपात र हिमपात नै नहुने तर यसको बदलामा वर्षा हुन थालेको छ। जलवायु परिवर्तनसँगै मुस्ताङमा वर्षा हुन थालेपछि परम्परागत घरहरु जोखिममा पर्न थालेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.