राष्ट्रिय भारोत्तोलन : बर्दिया ६ र प्रहरी ५ स्वर्ण

राष्ट्रिय भारोत्तोलन : बर्दिया ६ र प्रहरी ५ स्वर्ण

राजविराज : राजविराजमा जारी राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, बाँके र दाङ्ले समेत पहिलो स्वर्ण पदक हात पारेका छन्।

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको प्रथम स्मृतीमा भइरहेको प्रतियोगितामा पुरुष सिनियरतर्फ ५५ किलो तौल समूहमा नेपाली सेनाका तुलाराम महतोले स्वर्ण पदक हात पारेका हुन्। नेपाल प्रहरीका गणेश राणाभाट द्वितीय र बर्दियाका रामकुमार थारु तृतीय भए। उनीहरुले क्रमशः स्न्याच र क्लिन एण्ड जर्क गरी कुल १८३, १६० र १५४ भार उचाले।  

जुनियरतर्फ ५५ किलो तौल समूहमा सशस्त्र प्रहरीका दिलिप यादव, नेपाल प्रहरीका लालबाबु पासवान र बाँकेका बिनित योगी थारु क्रमशः प्रथम, द्वितीय र तृतीय भए। उनीहरुले क्रमशः कुलतर्फ १५७, १५६ र १४७ भार वहन गरे। युथतर्फ बाँकेका बिनित योगी थारु प्रथम घोषित भए। बर्दियाका सन्दिप थारुले कुल १२२ र पर्साका छोटाराजन पटेलले कुल ९० भार उचालेर द्वितीय र तृतीय भए।

सिनियर महिलातर्फ ६१ किलो तौलसमूहमा कुल १०२ किलो उचालेर दाङकी रामकुमारी चौधरी प्रथम भइन्। कुल एक सय किलो उचालेर नेपाली सेनाकी प्रशंसा पुन द्वितीय र ९० किलो तौल उचालेर बाँकेकी जयकला थापा मगर तृतीय भइन्।

सिनियर महिलातर्फ ७१ किलो तौलसमूहमा नेपाल प्रहरीकी जुनुमाया छन्त्याल प्रथम र नेपाली सेनाकी शारदा चौधरी द्वितीय भइन्। उनीहरुले क्रमशः कुल १४४ र १३६ किलो तौल उचाले। सप्तरीकी शान्ति चौधरीले कुल १२० भार उचालेर तृतीय स्थानमा चित्त बुझाइन्। 

जुनियरतर्फ स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ५० गरी कुलमा ९० केजी भार बहन गरेर द्वितीय भएकी बर्दियाकी ललिता हेमरान युथतर्फ प्रथम घोषित भइन्। जुनियरमा प्रथम भएकी बर्दियाकी नन्दा थापा मगर, द्वितीय भएकी सप्तरीकी खुशी चौधरी र तृतीय भएकी बाँकेकी सामना थारु नै युथतर्फ समेत प्रथम, द्वितीय र तृतीय घोषित भए।

प्रतियागितामा २ स्वर्ण पदक थपेर बर्दियाले सबैभन्दा बढी ६ स्वर्ण पदक हासिल गरेको छ भने नेपाल प्रहरीले १ स्वर्ण पदक थप गरी कुल ५ स्वर्ण पदक हासिल गरेर पछ्याइरहेको छ। सप्तरीकी दुई महिला खेलाडीले जिल्लाका लागि २ स्वर्ण पदक दिलाएर तृतीय स्थानमा छ।
    
प्रतियोगितामा विभागीय तीन टोलीसहित २० वटा जिल्लाका ४७ महिला र ७३ पुरुष खेलाडी सहभागी छन्। सप्तरीबाट २०४२ सालदेखि खेल्न सुरु गरी २० वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका र पछिल्लो समय निर्णायकको भूमिका निर्वाह गरिरहेका राजविराज–९ निवासी देवसुन्दर यादवको २०७६ कात्तिक १४ गते निधन भएको स्मृतिमा राष्ट्रिय प्रतियोगिता भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.