पशुपतिनाथ र विश्व व्यवस्था

पशुपतिनाथ र विश्व व्यवस्था

करचरणकृतं वाक्कायजं कर्मजं वा

श्रवणनयनजं वा मानसं वापराधम् ।
विहितमविहितं वा सर्वमेतत् क्षमस्व
जय जय करुणाव्धे श्री महादेव शम्भो ।।

महादेवको स्तुती र प्रार्थनासँगै विश्वब्यवस्था सञ्चालनमा ईश्वरीय प्रभाव र कारणको खोजी हुनु स्वभाविकै हो । ब्रह्माण्ड र जीवको सृष्टि र सञ्चालनमा पशुपतिनाथको भूमिकाका कारण पशुपतिनाथ राष्ट्रदेवताको रूपमा पूजित हुनुहन्छ । वेदः शिवः शिवो वेदः । वेद नै शिव हुन र शिव नै वेद हुन् भन्ने शास्त्र वचनले पनि पशुपितनाथको महत्वलाई बुझ्न सहज बन्दछ । सनातन हिन्दूधर्मको आधार वेद हो भने वेद नै शिव हुन् भन्ने मान्यताले पशुपतिनाथको प्रमुख स्थान रहेको प्रष्ट हुन्छ ।

ब्यवहारिक रूपमा समेत सूर्यको तेज प्रदान गर्नु हुने र शिरमा चन्द्रमालाई धारण गर्नु हुने शिव भगवान्को चरित्र र स्वरूप विश्व व्यवस्थाको प्रतीकका रूपमा देखिन्छ । प्राणो वै अर्कः । प्राणको स्रोत नै सूर्य हुन् भने चन्द्रमा स्वर परिवर्तनको । सूर्यबाट प्राप्त हुने प्राणको सञ्चालन व्यक्तिका सूर्य र चन्द्र नाडीबाट प्रवाहित गराई ऊर्जा सन्तुलन तथा जीवन सञ्चालन गराउने परम्परा एक विश्व परम्परा हो र त्यसको आधार शिव भएकाले शिवद्वारा विश्व व्यवस्थाको सञ्चालन भएको देखिन्छ ।

विश्वका सवै प्राणीहरूको जीवन सुखमय बनाउन पनि शिवको प्रार्थना गरिने परम्पराले विश्व व्यवस्थाप्रतिको उत्तरदाइत्व छर्लंगिन्छ । शिव र रूद्र ब्रह्मको नै पर्यायवाची शब्द भएकोले शिवलाई रूद्रै पनि भनिएको हो । दुःखम् द्रावति नाशयतीति रूद्र : दुःख नष्ट गरिदिने भएकाले रूद्र भनिएको हो । एवम् प्रकार दुःख नाश गरी सुख प्रदान गर्ने भगवान् शिव जीवको मुक्तिका लागि पनि उत्तिकै क्रियाशील र जिम्मेवार देखिनु हुन्छ । ‘पश्यन्ति इति पशवः’ अर्थात जसलाई संसारको आकर्षणले प्रभावित तुल्याउँदछ तिनै पशु हुन्छन् भनिएको छ । सांसारिक लोभ, मोहबाट प्रभावित जीवलाई पशुत्वबाट मुक्ति दिलाउने उनै शिव भएकाले सवैको मुक्तिदाताको रूपमा पूजनीय हुनुहुन्छ । विराट् पुरुषका रूपमा सृष्टि तथा मूल प्रकृतिका रूपमा शास्त्रले गरेको व्याख्या पनि स्मरणीय रहेको छ । ‘सर्व देवात्मको रूद्रः सर्वे देवाः शिवात्मका : ।

रूद्रात्प्रवर्तते बीजं बीजयोनिजनार्दनः । यो रूद्र : स स्वयं ब्रह्मा स हुतासनः ।। ब्रह्माविष्णुमयो रूद्र अग्निषोमात्मक जगत ।’ यस कथनबाट रूद्र नै मूल प्रकृति पुरुषमय आदिदेव साकार ब्रह्मया ब्रह्मा हुनुहुन्छ भन्ने प्रमाणित हुन्छ । साकार ब्रह्मको रूपमा जीवलाई पशुत्वबाट मुक्ति दिलाउन पशुपतिनाथका बारे ईश्वर गीताको निम्न वचनले पनि स्पष्ट पार्दछ :
आत्मानः पशवः प्रोक्ताः सर्वे संसार वर्तिनः
तेषां पतिरहं देवः स्मृतः पशुपतिर्बुधैः।।
मायापाशेन बध्नामि पशूनेतान स्वलीलया
मामेव मोचकं प्राहुः पशुनां वेदवादिन : ।।
मायापाशेन बद्धानां मोचकोऽन्यो न विद्यते
मामृते परमात्मानं भुताधिपतिमब्ययम् ।।
चतुर्विशतितत्वानि माया कर्मगुणा इति 
एते पाशाः पशुपतेः क्लेशाश्च पशुबन्धनाः ।।

अर्थात संसारको बन्धनमा परेका सम्पूर्ण जीवात्माहरू नै पशु कहलाउँछन् । तिनको पति र इष्टदेव मै हुँ । त्यसैले विद्वानहरू मलाई पशुपति भन्दछन् । म आफ्नो लीलाको क्रममा ती पशुहरूलाई माया रूप पाशद्वारा बाध्छु । वेदवेत्ताहरू ती पशुहरूको मुक्तिदाताका रूपमा मलाई नै बताउँछन् । मायाको पाशद्वारा बाधिएकाहरूलाई छुटकारा दिलाउने सम्पूर्ण प्राणीको अधिपति मै परमात्मावाहेक अर्को कोही छैन । अविनाशी म परमात्मा नै तिनीहरूलाई मुक्त गरिदिन्छु । पाँच ज्ञानेन्द्रीय, पाँच कर्मेन्द्रीय, पाँच महाभूत, पाँच प्राण, मन, बुद्धि, चित्त र अहंकार यति चौबीस तत्वहरू र मायाले सिर्जना गरेको गुणहरूको यो समूह नै जीवात्मालाई बाँधने पाश कहलाउँछन् ।

पशुपतिका पाशका रूपमा यिनै चौबीस तत्व हुन्छन् । अनि भवबन्धनका रूपमा चाहिँ अनेकौ क्लेशहरू हुन्छन् । एवम् प्रकार पशुत्वबाट मुक्ति दिलाउने मार्गमा पाशुपत योग र रूद्राष्टाध्यायी महत्वपूर्ण साधना देखिन्छन् । पाशुपत योगबारे ईश्वर गीतामा उल्लेखित निम्न वचनले पनि पाशुपतधर्मको महत्वलाई उजागर गर्दछ ।

‘एष पाशुपतो योगः पशुपाशविमुक्तये । सर्ववेदान्तसारोऽयमत्याश्रममिति श्रुतिः’ अर्थात् जीवलाई बन्धनरूप पाशवाट मुक्त गर्नको लागि यो पाशुपतनामक योग भनिएको हो । यो सम्पूर्ण वेदान्तको सार हो र श्रुतिमा यस योगको अवस्थालाई सवै आश्रमहरूको अवस्थाभन्दा उत्कृष्ट बताइएको छ ।

एवम् प्रकार सृष्टिका सवै जीवहरू श्वास प्रश्वासका आधारमा जीवित रहने हुँदा उनीहरूको जीवन सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्ने भगवान् पशुपतिनाथद्वारा प्रदत्त पाशुपत योग, विश्व व्यवस्थाको महत्वपूर्ण साधना र आस्था बन्दै गइरहेको छ । संयुक्त राष्ट्रसंघद्वारा समेत विश्व योग दिवसका रूपमा मान्यता पाउनुले पनि विश्व व्यवस्थामा महत्वपूर्ण भूमिका प्राप्त गरेको छ । ‘आ यद् वामीयचक्षसा मित्र वयं च सुरयः । व्यचिष्ठे वहुपाय्ये यतेमही स्वराज्ये’ अर्थात् विस्तृत र वहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका खातिर लागिरहौं भन्ने ऋग्वेदको सिद्धान्तले प्रजातन्त्र, राष्ट्रियता र समावेशितालाई सम्वोधन गर्दै विश्वव्यवस्थाको मार्गदर्शन गराउनुले पनि वेद र शिवको औचित्य प्रमाणित हुन पुगेको छ । उपासना र मुक्तिका साथै दैनिक समाज र राष्ट्र सञ्चालन गर्दै विश्वलाई एकीकृत गराउने वैदिक स्वराज्यको अवधारणाले विश्वलाई नै आकर्षित तुल्याउँदै सवैको साझा र मान्य देवताका रूपमा पशुपतिनाथ स्थापित हुनुभएको छ । भगवान् पशुपतिनाथले सवैको कल्याण गरून् ।

ॐ यो वै रुद्रः स भगवान् यश्च ब्रह्मा तस्मै वै नमो नमः 
यो वै रुद्रः स सभगवान् यश्च विष्णुस्तस्मै वै नमो नमः
यो वै रुद्रः स भगवान् यश्च स्कन्दस्तस्मै वै नमो नमः 
यो वै रुद्रः स भगवान् यश्चेन्द्रस्तस्मै वै नमो नमः
जो रुद्र हुन् उनै भगवान् हुन् र उनै ब्रह्मा हुन्, उनलाई बारम्बार नमस्कार गर्दछौं । जो रुद्र हुन्, उनै भगवान् हुन् र उनै विष्णु हुन्, उनलाई बाम्बरा नमस्कार गर्दछौं । जो रुद्र हुन्, उनै भगवान् हुन् र उनै स्कन्ध हुन्, उनलाई बारम्बार नमस्कार गर्दछौं, जो रुद्र हुन् उनै भगवान् हुन् र उनै इन्द्र हुन्, उनलाई बारम्बार नमस्कार गर्दछौं भन्दै देवताहरुले शिव अथर्वशिर्षमा गरिएको शिवको स्तुतिले शिव अर्थात् रुद्रको महत्व प्रमुख रहेको स्पष्ट हुनुका साथै ब्रह्मा, विष्णु, स्कन्द तथा इन्द्र लगायत सबै देवता र ब्रह्माण्ड शिवको अन्तर्निहित भएको बुझिन्छ । स्वर्गमा पुगेका देवताहरुले रुद्रलाई परिचय माग्दा प्राप्त परिचय पश्चात् देवताहरुले सृष्टिकर्ता, सञ्चालक तथा प्रलयकर्ताको रुपमा बुझेको कुराले शिव अर्थात् रुद्र विश्वव्यवस्थाको प्रमुख सञ्चालक प्रमाणित हुन्छ ।

‘एको रुद्रेन न द्वितीयाय तस्मै य इमाँल्लोकानीरात इशनर्भीः । प्रत्यङ्जनास्तिष्ठति सञ्चुकोचान्तकाले संसृज्य विश्वा भुवनानि गोप्ता । यो योनिं यो निमधिष्ठत्येको भेनेदं सर्वं विचरति सर्वम् । तमीशनं वरदं देवमीडयं निचाय्येमां शान्तिमत्यन्तमेति’ एउटा रुद्रले नै अरु कसैको सहयोग बिनै आफ्नो शक्तिद्वारा लोकलाई नियममा राख्दछन् । सबै रुद्रमै निहित छन् र अन्तमा सबैको संकोच रुद्रमै हुन्छ । विश्वलाई प्रकट गर्ने र रक्षा गर्ने उनै हुन् । जो सबै योनीहरुमा व्याप्त रहेका छन् र जसबाट यी सबै व्याप्त र चैतन्य भइरहेका छन्, त्यो पूज्य, इशान र वरददेवको चिन्तन गर्नाले परम शान्ति प्राप्त गर्दछन् । यस प्रकारको वचनले सृष्टि, सञ्चालन र संहारको कारकको रुपमा बुझ्न सजिलो हुन्छ । ‘रुद्रोहि शाश्वतेन वै पुराणेनेषमूजेर्ण तपसा नियन्ता । अग्निरिति भस्म वायुरिति भस्म जलमिति भस्म स्थलमिति भस्म व्योमति भस्म सर्वं ह वा इदं भस्म मन एतानि चक्षुंषि यस्माद् व्रतमिदं पाशुपतं यद् भस्म नाङ्गनि संस्मपृशेत्तस्माद् ब्रह्म तदेतत्पगाशुपतं पशुपाशविमोक्षणाय । रुद्र नै शाश्वत र पुराणरुप भएकाले आफ्नो तप र बलद्वारा रसादि सबै प्राणी र पदार्थका नियन्ता हुन् ।

अग्नि, वायु, जल र आकाश–यी सबै भष्मरुप हुन् । पशुपतिको भष्मको स्पर्श जसको शरीरमा हुन्न उसको मन र इन्द्रीय भष्मरुप अर्थात् निरर्थक हुन्छन् । त्यसैलै पशुपतिको, ब्रह्मरुप भष्मले पशुबन्धनलाई नाश गरिदिन्छ ।

‘योऽग्नै रुद्रो येऽप्स्वन्तर्य ओषर्धीवीरुध आविवेश । य इमा विश्वा भुवनानि चक्लृपे तस्मै रुद्राय नमोऽस्वत्वग्नये । यो रुद्रोऽग्नौ ये रुद्रोऽप्स्वन्तर्यो रुद्र औषधिवीध आविवेशस यो रुद्र इमा विश्वा भुवनानि चक्लृपे तस्मै रुद्राय वै नमो नमः । यो रुद्रोऽप्सु यो रुद्र ओषधीषु यो रुद्रो वनस्पतिषु । येन रुद्रेण जगदुध्र्वं धारितं पृथिवि द्विधा त्रिधा धती धारिता नागा येऽन्तरिक्षे तस्मै रुद्रायवै नमो नमः । जुन रुद्र अग्निमा छन्, जुन रुद्र पानीभित्र छ, त्यही रुद्र औषधि र वनस्पतिमा प्रवेश गरेका छन् । जुन रुद्रले यस समस्त विश्वलाई उत्पन्न गरेका छन् त्यस अग्निरुप रुद्रलाई नमस्कार छ । जुन रुद्र अग्निमा, पानीमा, औषधि र वनस्पतिमा रहेका छन् र जुन रुद्रले यस समस्त विश्वको र भुवनको उत्पत्ति गरेका छन् त्यस रुद्रलाई बारम्बार नमस्कार छ । जुन रुद्र जलमा, औषधिहरुमा र वनस्पतिहरुमा स्थित छन्, जुन रुद्रले उध्र्व जगत्लाई धारण गरिरहेका छन्, जो रुद्र शिवशक्तिरुपमा र तीन गुणहरुद्वारा पृथ्वीलाई धारण गर्दछन्, जसले अन्तरिक्षमा नागहरुलाई धारण गरिरहेका छन्, त्यस रुद्रलाई बारम्बार नमस्कार छ । एवं प्रकार सर्वत्र रुद्रको अवस्थितिका साथै सृष्टिलाई समेत धारण गरिरहेको कुराले गीताको प्रन्ध्रौं अध्यायमा श्रीकृष्णले ‘ऊध्र्वमुलमधः शाखमथ्वत्थं प्राहुरब्ययम् । छन्दांसि यस्य पणार्नी यस्तं वेद सवेदवित् : भनेको कुरालाई पुष्टि गर्दछ । ‘ततो विराडजायत विराजो अधि पुरुषः । स जातो अत्यरिच्यत पश्चादझमिमथो पुर । ‘पुरुषसुक्तमा सृष्टि र विराटपुरुषको बारे व्यक्त उक्त विचार अनुसार उनै आदि पुरुषबाट विराट् (ब्रह्माण्ड) उत्पन्न भयो । उही परम्पुरुष नै ब्रह्माण्डको अधिपुरुष–अधिदेवता (हिरण्यगर्भ)को रुपमा उत्पन्न भएर प्रकाशित भए पछि उनले भूमि (लोकादी) तथा शरीर (देव, मानव, तिर्यक आदि) उत्पन्न गरे । यसरी सृष्टि गर्ने क्रममा परमपुरुषको मनबाट चन्द्रमा उत्पन्न भए, नेत्रबाट सूर्य प्रकट भए, मनबाट वायु र प्राण तथा मुखबाट अग्नि उत्पन्न भए । यी सबै कुरा शिवसँग सम्बन्धित भएकाले भगवान् पशुपतिनाथ विश्व व्यवस्थाका सञ्चालक मानिन्छन् । ‘चन्द्रमा मनसो जातश्चक्षोः सूर्यो अजायत । श्रोत्राद्वायुश्च प्राणश्च मुखादग्निरजायत ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.