मुक्तिनाथमा तिर्थालुको चहलपहल

मुक्तिनाथमा तिर्थालुको चहलपहल

जोमसोम: हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

कोरोना माहामारीको अवधिमा ९ महिना शुन्य रहेको मुस्ताङको मुक्तिनाथमा धार्मिक पर्यटकको आउजाउ बढेसँगै तिर्थालुको रौनक देखिएको हो ।

जाडो मौसम सकिएपछि नै आन्तरिक तिर्थालुको संख्या बढेको हो । मुक्तिनाथ विकास समितिका कार्यालय सचिव रविन सुवेदीले मुक्तिनाथमा दिनप्रतिदिन धार्मिक तिर्थालुको संख्या वृद्धि हुँदै गइरहेको जानकारी दिए।

उनका अनुसार कोरोना माहामारीका कारण गत वर्षको फागुन ११ गतेदेखि ९ महिना पूरै बन्द रहेको मुक्तिनाथ पुस २१ गते सर्वसाधारणका लागि दर्शन खुल्ला भएको हो ।

'मुक्तिनाथमा दिनहुँ ५/६ सय आन्तरिक तिर्थालु आइरहेका छन् । अझै यो संख्या वृद्धि हुँदै जाने हाम्रो अनुमान छ, उनले भने‘अब त कोभिड भ्याक्सिन पनि आइसक्यो, मुक्तिनाथ मन्दिर बिस्तारै कोरोना अघिकै अवस्थामा लयमा फर्किन थालेको छ ।’

मुक्तिनाथमा यतिबेला श्रद्धालु तिर्थयात्रीको भीडले मन्दिर परिसर भरिभराउ हुन थालेको हो । मुक्तिनाथ पुगेका तिर्थालुले पूजाआजा, दर्शन, धार्मिक अनुष्ठान, स्नान र नित्यकर्म आदि गर्छन् ।

यस्तै, मन्दिर परिसरमा फोटो खिच्ने र मुस्ताङको रमणीय फरक भूगोलको अवलोकन गरी आनन्द लिने गरेको पाइएको छ।

मुस्ताङमा आन्तरिक पर्यटक बढेसँगै मुस्ताङका पर्यटन व्यवसायी उत्साही भएको पाइएको छ । लामो समय कोरोनाका कारण सुस्ताएको मुस्ताङको पर्यटन कोरोना जोखिम कम भएपछि पर्यटकीय गतिविधि बढेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए । उनले यो समय मुक्तिनाथ दर्शन तथा मुस्ताङ घुम्ने अनुकुल मौसम भएकाले पर्यटक बढेको बताए ।

कोरोनाका कारण १२ महिना पूरै बन्द रहेको पोखरा—जोमसोम हवाइ सेवा पनि मार्च ८ देखि सञ्चालनमा आइसकेको छ । मुस्ताङमा तारा एअर र सुमित एअरले दैनिक ८ वटा उडान समेत गर्ने गरेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हवाइ सेवा मार्फत् भारतीय तथा आन्तरिक पर्यटक आउने गरे पनि तेश्रो मुलुकका पर्यटक भने आउन  सकेका छैनन् । यस्तै, पोखराबाट बेनी हुँदै दैनिक ७ सय पर्यटक मुस्ताङ आउने गरेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.