परराष्ट्र सहसचिव र उपसचिवको विज्ञापन रद्द
काठमाडौ : नेपाल परराष्ट्र सेवाका सहससचिव र उपसचिवको परिक्षा रद्द भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार उनीहरुको परीक्षा रद्द गरिएको हो । ५ सहसचिव तथा ३ उपसचिवको नयाँ दरबन्दी सृजना गरी बढुवाको सूचना गरिएको छ । त्यसका विरुद्ध सर्वोच्चमा मुद्दा हालिएको थियो ।
त्यस्तै लोकसेवा आयोगले सूचना प्रकाशन गरी इञ्जिनियरिङ्ग सेवा सिभिल समूह, इरिगेशन उपसमूहका राप प्रथम श्रेणी तथा नेपाल इञ्जिनियरिङ्ग सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूहका उपसचिवका पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरिएको जनाएको छ ।