डोल्पामा डोजर पल्टियो : एकजनाको मृत्यु, एक घाइते

डोल्पामा डोजर पल्टियो : एकजनाको मृत्यु, एक घाइते

डोल्पा :  त्रिपुरासुन्दरी नगरपालिका- २ मा पर्ने रुम गाउँ नजिकै डोजर दुर्घटना भएको छ। सुलिगार्डदेखि फोक्सुण्डो जाने सडक खन्ने क्रममा बुधबार बिहानै करिब ६ बजेतिर भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जाजरकोट जिल्ला नलगाड नगरपालिका -११ बस्ने १७ वर्षीय हेमराज सिँहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार डोजरमा च्यापियर सिंहको मृत्यु भएको हो। त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ का १५ वर्षीय एकराज बुढाको हात खुट्टामा चोट लागेको डिएसपी पाण्डेले जानकारी दिए।
उनको हात खुट्टामा चोट लागेकाले उपचारका लागि त्रिपुराकोटतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

डोजर अप्रेटर अनमोल सिंह फरार रहेकाले खोजी गर्नुका साथै दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
डोजर सडकबाट करिब ३०० सय मिटर तल खसेको थियो। डोजर धनी जाजरकोट जिल्ला नलगाड नगरपालिकाका अन्तर्गत पर्ने सिउन बस्ने भिम बाहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.