डोल्पामा आयोगको कार्यालय

डोल्पामा आयोगको कार्यालय

डोल्पा : डोल्पामा भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला कार्यालय स्थापना भएको छ । पहिलोपटक जिल्ला समन्यव समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो । जिल्लामा रहेका भूमिहिन तथा सुकुम्बासीको भूमिको समस्या समाधान गर्ने उद्धेश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना गरेकोले सबैले यस्को फाइदा लिनेमा विश्वस्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश शर्माले बताए ।

भूमिको वितरण तथा जग्गाको लालपूर्जासम्म दिनसक्ने अधिकार स्थानीय तहलाई भएका कारण स्थानीय तह र आयोगबीचको दोहोरो सहकार्यमा जाने ठुलीभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले प्रतिबद्धता जनाए।

आयोगको कार्यालयले डोल्पामा रहेका भूमिहिन,सकुम्बासीका समस्या समाधान हुने र एकिकृत बस्तीलाई समेत व्यवस्थित बनाउनेमा सबैले हातेमालो गरेर गएमा आयोगको कामले सार्थकता पाउने जिल्ला समन्यप्रमुख शेरबहादुर बुढाले बताए।

भूमिसमस्या सामाधान आयोग डोल्पाका अध्यक्षधनचन्द्र बैजिले भूमिहिन हरेक नागरिकका समस्या समाधानमा आफू लाग्ने र त्यसमा सबैको आवश्यक रहेको बताए।

आयोगको जिल्ला समितिको कार्यालय स्थापना भएसँगै नगरपालिका तथा गाउँपालिका र वडास्तरसम्म समिति गठन हुने आयोगले जानकारी दिएको छ । हाल जिल्लामा ७ सदस्यीय जिल्ला समितिको कार्यालय रहने छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.