मालपोत अधिकृत ७९ हजार घुससहित पक्राउ
काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशी ७९ हजारघुससहित पक्राउ परेको छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २४ हजार अतिरिक्त रकम र ५५ हजार गरी ७९ हजार स्रोत नखुलेको रकमसहित नियन्त्रण लिएको हो ।
जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो ।
मालपोत अधिकृत जोशीलाई मालपोत कार्यालय कञ्चनपुर नजिकै रहेको सिटी क्याफे पछाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए । ।