फार्मेसी अधिकृत र प्रहरी निरीक्षकसहित तीनविरुद्ध मुद्दा

फार्मेसी अधिकृत र प्रहरी निरीक्षकसहित तीनविरुद्ध मुद्दा

काठमाडौं : औषधि व्यवस्था विभाग विराटनगर शाखाका फार्मेसी अधिकृत र सशस्त्र प्रहरी बल वेश क्याम्प, रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध मुद्दा दायर  भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फार्मेसी अधिकृत सरोज सुवेदी  तथा  सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासी विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सिल भएको फार्मेसी पसल खोलिदिने भन्दै विभागका विराटनगर शाखाका फार्मेसी अधिकृत सुवेदीले सेवाग्राहीसँग २ लाख रकम घुस लिएको अभियोगमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

यस्तै सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भन्दै सशस्त्र प्रहरी निरीक्षक पौडेल र सशस्त्र प्रहरी नायब राजेश पासीले ५० हजार रकम घुस लिने क्रममा आयोगको बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

उनीहरुविरुद्ध भष्टाचार निवारण ऐन बमोजिम कैद र सजायको मागसहित  विशेष अदालतमा मुद्दा दायर गरिएको  अख्तियारका प्रवक्ता  एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.