मुस्ताङ अस्पतालमा स्थापनादेखि नै नवौँ तहको चिकित्सक दरबन्दी रिक्त

मुस्ताङ अस्पतालमा स्थापनादेखि नै नवौँ तहको चिकित्सक दरबन्दी रिक्त

जोमसोम: हिमाली जिल्ला मुस्ताङस्थित जिल्ला अस्पतालमा नवौं तहको (एमडी) डाक्टर दरबन्दी रहे पनि वर्षौँदेखि पदपूर्ति हुन सकेको छैन ।

जिल्ला अस्पताल मुस्ताङका अनुसार अस्पतालमा रिक्त स्थायी नवौँ तहको डाक्टर नहुँदा अस्पतालले दिने सेवा सुविधा तथा नियमित कार्यसम्पादनमा समस्या थपिएको छ।

मुस्ताङमा नवौँ तहको (एमडी) डाक्टरसहित १८ जना स्वास्थ्य जनशक्तिको स्थायी दरबन्दी छ । तर अस्पतालको स्थापनाकालदेखि नै नवौं तहको डाक्टर दरबन्दी खाली छ ।

उक्त पदमा रहेर काम गर्ने डाक्टर दुर्गम जिल्लामा आउन नचाहने भएकाले अस्पतालले दिने सेवामा समस्या आइपरेको जनाइएको छ।

संघीयता अघि संघीय स्वास्थ्य मन्त्रालय र संघीयता कार्यान्वयसँगै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वामित्वमा रहेको जिल्ला अस्पताल मुस्ताङमा यो पद अझै पदपूर्ति हुन नसकेको हो । प्रदेशले मुस्ताङमा अझै नवौं तहको स्थायी दरबन्दी रहेको डाक्टर खटाउन सकेको छैन ।

मुस्ताङ जिल्ला अस्पतालमा नवौं तहको डाक्टरले गर्ने सबै काम आठौं तहका एमबिबिएस डाक्टरले गर्दैआइरहेका छन् । अस्पतालमा अहिले एक जना आठौं तहको स्थायी दरबन्दी डाक्टर छन् ।

अस्पतालका अनुसार अहिले नेपाल सरकारबाट छात्रवृद्धि प्राप्त अन्य करारमा खटाइएका तीनजना डाक्टर छन् । लामो समयदेखि स्वास्थ्य जनशक्तिको पीडा खेप्दै आइरहेको जिल्ला अस्पताल मुस्ताङले पछिल्लो समय भने गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र ओसिएमसी कार्यक्रमले केही जनशक्ति थप गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.