कोरोना संक्रमण जोखिम, नाकामा कडाइ, समुदायमा होली खेल्न नपाइने

कोरोना संक्रमण जोखिम, नाकामा कडाइ, समुदायमा होली खेल्न नपाइने

दैलेख : छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन वृद्धि हुन थालेपछि नेपालमा पनि जोखिम बढेको छ । कोरोना संक्रमण जोखिम बढ्नसक्ने भन्दै दैलेखमा पनि उच्च सर्तकता अपनाउन थालिएको  छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भारत र तेश्रो मुलुकबाट जिल्लामा भित्रिने व्यक्तिबाट संक्रमण फैलिन सक्ने संभावना रहेको भन्दै थप सर्तकता अपनाउने निणर्य गरेको छ । 

बैठकले यसवर्ष दैलेखमा भेला, जमघट तथा भीडभाड गरेर होली मनाउन रोक लगाउने निणर्य गरेको छ । होलीलगायत  विभिन्न चार्डपर्वमा भेला, जमघट तथा भीडभाड हुन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

विश्वव्यापी रुपमा वृद्धि भइरहेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला भित्रिने नाकामा कडाइ गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट दैलेख जिल्ला भित्रिने नागरिकलाई जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरु गुराँस गाउँपालिकाको गुराँसे र तल्लो डुङ्गेश्वरमा तत्काल हेल्थ डेक्स स्थापना गरिने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । 

उनका अनुसार हेल्थ डेक्स स्थापना गरी नागरिकहरुको एन्टिजीन टेस्ट गरे नरेको सोधपुछ गरी टेस्ट नगरेको खण्डमा स्वास्थ्य सेवा कार्यालयले अनिवार्य चेकजाँचको व्यवस्था मिलाउनेछ । 

बैठकको निणर्य अनुसार जिल्लामा सम्पूर्ण सरकारी कार्यालय, स्थानीय तह लगाएत गैरसरकारी कार्यालय, संघ संस्थाहरुलाई सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीहरुलाई अनिवार्य रुपमा मास्क, सेनिटाइजर प्रयोग गर्न लगाउनु पर्नेछ । जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीहरुलाई अनिवार्य रुपमा मास्क लगाएर मात्र सेवा प्रवाहको व्यवस्थापन मिलाउनुपर्नेछ । 

बैठकले जिल्लाका ११ वटै स्थानीय तहहरुमा यस अघि व्यवस्था गरिएको क्वारेन्टिनहरु पुःन यथावत अवस्थामा व्यवस्थित गर्ने, क्वारेन्टिन र आइसोलेशन नभएका स्थानीय तहले कोरोना व्यवस्थापनका लागि तत्काल क्वारन्टिन तथा आइसोलेशनको व्यवस्था गरी जिल्ला प्रशासनलाई जानकारी गराउनुपर्ने निणर्य गरेको छ । 

बैठकले नजिकिदै गरेको होली लगाएतका चार्डपर्वहरुको अवसरमा भेला, जमघट र भीडभाड नगर्न आम नागरिकहरुलाई आग्रह समेत गरेको छ ।  बैठकको निणर्य अनुसार जिल्लाका ११ वटै स्थानीय तहले आफ्नो पालिका भित्रका वडाहरुमा भारतलगायत तेस्रो मुलुकबाट भित्रिएका व्यक्तिहरुको दैनिक लगत जिल्ला प्रशासन र स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ । बैठकले गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले गरेको पत्राचारमा निर्देशित विषयहरुलाई समिक्षा गर्दै कार्यान्वयन गर्ने समेत निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.