लार्जुङ-नाउरिकोट-गुरुसाङ्वो सडक अलपत्र

लार्जुङ-नाउरिकोट-गुरुसाङ्वो सडक अलपत्र

जोमसोम: जोमसोम—मुस्ताङको थासाङ गाउँपालिका—२ लार्जुङदेखि पर्यटकीय गाउँ नाउरिकोट हुँदै गुरुसाङ्वो जोड्ने सडक  बजेट अभावमा अलपत्र परेको छ । २०७५ सालमा सुरु भएको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।

नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालय मार्फत् डिभिजन सडक कार्यालय बाग्लुङले २०७५ सालबाट सुरु गरेको सडक चालु आर्थिक वर्ष बजेट अभावमा काम ठप्पै भएको हो।

थासाङको लार्जुङदेखि गुफासम्म पुग्ने करिव १८ किमी सडकमध्ये जम्मा ३ किमी सडक मात्र काम भएको डिभिजन सडक कार्यालय बाग्लुङका सव ईन्जिनीयर सगुनकुमार सार्कीले जानकारी दिए । पूर्वाधार मन्त्रालयले लार्जुङ-गुरुसाङ्वो सडक क्रमागत रुपमा विस्तार गर्ने जनाएपछि चालु वर्ष बजेट प्राप्त नभएको सव ईन्जिनीयर सार्कीले उल्लेख गरे ।

समुन्द्री सतहदेखि करिव ३ हजार मिटर अग्लो उचाईमा अवस्थित थासाङको धार्मिक तिर्थस्थल गुरुसाङ्वो गुफाको पहुँचमार्ग निर्माणका लागि सरकारले आ.व. २०७५/०७६ मा १ करोड र आ.व. २०७६/०७७ मा ३ करोड विनियोजन भएको थियो ।

संघीयताअघि लार्जुङदेखि माथि नाउरिकोटसम्म साविक जिल्ला विकास समितिले ट्याक ओपन गरिएको सडकलाई मन्त्रालयको बजेटले स्तरोन्नती गरिएको हो भने सोही योजनाको बजेटले बोक्सीखोलादेखि नाउरिकोट जोड्ने सडक विस्तार गरिएको हो ।

सडकको पहिलो वर्ष आएको १ करोड बजेटले महादेव निर्माण सेवा र गत वर्षको ३ करोड बजेटमा महादेव निर्माण सेवा र कोमल कन्ट्रक्सनले सडक स्तरोन्नति गरेको डिभिजन सडक कार्यालय बाग्लुङले जनाएको छ।

कार्यालयका अनुसार पहिलो वर्षको बजेटले सडक स्तरोन्नती र सडकमा ग्याविक लगाउने काम भएको थियो भने दोश्रो वर्षको ३ करोडले सडक स्टक्चर निर्माण, ग्राभेल, ग्याविनवाल लगाउने र नाली निर्माण लगायतको काम भएको सव ईन्जिनीयर सार्कीले जानकारी दिए ।

उनका अनुसार सोही बजेटले नाउरिकोटमा ६५ मिटर सडक ढलान र गाउ अगाडीको घट्टे खोला नजिक ६० मिटर सडक ढलान गरिएको छ । मन्त्रालयले थासाङको गुरुङसाङ्वो गुफासम्म सडक पुर्‍याउने उद्देश्यले लार्जुङदेखि सडक स्तरोन्नती सुरु गरेको थियो ।

तर, लगातार दुई सालसम्म विनियोजन भएको सडकमा नयाँ ट्याक ओपन गर्ने काम भने भएको छैन । सरकारले सो सडकका लागि यसवर्ष बजेटमा समावेश गरेको छैन।

आठौं सेन्चुरी ताका भारतबाट मुस्ताङ हुँदै तिब्बत जान आएका गुरु रिम्पोर्छे (पद्यसम्भव )सोही गुफामा केही समय ध्यान गरी बसेको भन्ने भनाइ छ । गुफामा गुरु पद्यसम्भव बसेका विभिन्न ऐतिहासिक किंवदन्ती रहेकाले सो स्थानको नाम गुरुसाङ्वो गुफा रहन गएको हो। सो गुफासम्म पुग्ने सडक विस्तार भएमा आन्तरिक तथा वाह्य पर्यटक गुफा हेर्न पुग्ने थासाङका वडाध्यक्ष नरप्रसाद हिराचनले उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.