मुस्ताङमा तोरन्लको रौनक (फोटो फिचर)

मुस्ताङमा तोरन्लको रौनक (फोटो फिचर)

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा सदियौंकाल देखि बसोबास गर्ने थकाली समुदायहरुको महान सांस्कृतिक पर्व ‘तोरन्ल’शुक्रबार देखि जोमसोममा सुरु भएको छ ।हिउँदयामको अन्त्ये तथा वषन्त ऋतुको आगमनसँगै मनाइने महान सांस्कृतिक पर्व तारन्ल मुस्ताङको थाकसय क्षेत्रमा बसोबास गर्ने र अन्य थकाली समुदायहरुले विशेष प्रकारले हर्षउल्लासका साथ मनाउने गर्छन्।

उधौली समाप्त भइ उधौली प्रारम्भ भएको अवसरमा गुरुङ,शेर्पा र तामाङ समुदायले मनाउने ल्होसार पर्व जस्तै परापूर्वकालदेखि यसप्रकारको तोरन्ल पर्व थकाली समुदायले मनाउने चलन छ । 

बर्सेनि फागुपूर्णिमाको सेरोफेरोमा मनाईने तोरन्ल पर्व थकाली समुदायहरुको महान सांस्कृतिक पर्व पनि हो ।मुस्ताङमा बसोबास गरी देश/विदेशमा छरिएर रहेको सम्पूर्ण थकाली समुदायहरुले तोरन्ल पर्व मनाउदै आइरहेका छन् ।

थकाली समुदायहरुको महान पर्व तोरन्लको अवसरमा गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले सुभकामनन व्यक्त गर्दै तोरन्ल पर्व भव्य र सभ्य रुपमा मनाउन आग्रह गरेका छन् । सांसद गौचनले तोरन्ल पर्व हिमाली जिल्ला मुस्ताङको जोमसोममा औपचारिक रुपमा मनाउने गईरहेको  र पर्वले धार्मिक तथा संस्कृति संरक्षणमा योगदान पुर्रयाउने विश्वाश व्यक्त गरे । उनले थकालीहरुको महान पर्व पितृ उद्दारको कामना गर्दै आपसमा आत्मियता र भाइचारको सामाजिक सद्भाव कायम गर्ने प्रतिकको रुपमा तोरन्लको बिशेषता रहेको बताए ।

थकाली समुदायहरुले फागुपूर्णिमा अगाडी र पछाडी गरी ३ दिनसम्म पितृ उद्दारको कामना गर्दै विभिन्न कार्यक्रम गरी तोरन्ल पर्व मनाउने गर्छन् ।थकालीहरुको उद्गम स्थल थाकखोलाका थकालीहरु बर्सेनि हिउँदयामको मौसममा जाडो छल्न घुम्ती व्यापार व्यवसायका लागि बेसी झर्ने र गर्मी सुरु भएपछि थाकथलो फर्किने गर्छन् । यसरी बेसीबाट उकालो उक्लिएका थकाली समुदायले बशन्तऋतुको आगमनसंगै पूख्यौली पर्व तोरन्ल मनाउने चलन रहेको थकाली सेवा समिति नेपालका क्षेत्रिय समितिका अध्यक्ष श्यामप्रसाद गौचनले जानकारी दिए । अध्यक्ष गौचनले तोरन्लको अवसरमा पितृ उद्दारका लागि पूजाआजा ,देवी देवताको पुजा गर्ने र पुरुषहरु तारो हान्ने खेल र महिलाहरु नाका भोटे (कौडा) खेल्ने चलन रहेको अध्यक्ष गौचनले बताए ।

थकाली महान पर्व तोरन्ल पर्वको एक महिना अगावैदेखि महिलाहरुले आफ्नो घर आगन चिटिक्क सिङ्गार्ने गर्छन । घरभित्रका भाडा वर्तनहरु पखालेर सुकिलो पार्छन । तोरन्लको अवसरमा आफ्ना छोरी-ज्वाई ,भान्जा-भान्जी आदीलाई माइती बोलाएर स्वादिष्ट भोजन बनाएर खुवाउने प्रचलन छ । मुस्ताङ छोडेर काठमान्डौं ,पोखरा ,बुटवल र भैरहवालगायतका स्थानमा बसाईसराई गरेका थकाली समुदायले पनि तोरन्ल पर्व धुमधामले मनाउने गरेको पाईएको छ ।

वर्षभरी दुःख र पीडालाई थाती राखेर हिउदयामलाई बिदाई गरी नया वर्षको सेरोफेरोमा थकाली तोरन्ल पर्व मनाउने चलन रहेको स्थानीय मीमकुमारी शेरचनले जानकारी दिईन् । तोरन्ल पर्वमा ३ दिनसम्म मध्यरातमा उठेर पितृलाई खानेकुरा र प्रसाद चढाउने गरेको बताईन । उनले दिवंगत पितृलाई पुजाआजा गरी खुसी पार्नसके मात्र भावी सन्ततीलाई सुखशान्ती प्राप्त हुने धार्मिक मान्यताको रुपमा तोरन्ल पर्वको विशेषता रहेको उल्लेख गरिन् ।

थकाली महान पर्व तोरन्लमा पुरुषहरुले दौरा सुरुवाल र महिलाहरुले न्होकोन चोलो लगायतका मौलिक भेषभुषा पहिरिएर आपसमा रमाईलो गर्छन । तोरन्लको अन्तिम दिनलाई थकाली भाषामा ( मेयर) भन्ने गरिन्छ ।तोरन्लको अन्तिम दिन मध्यरातमा उठेर खोलामा गई स्नान गर्ने र घरमा आएर चोखोपानी र खानेकुरा चढाइन्छ ।

थकाली समुदाय जोमसोमकी स्थानीय मोहनकुमारी शेरचनले मुस्ताङको जोमसोममा थकाली समुदायको महान पर्व तोरन्ल औपचारिक रुपमा सुरु भएको बताईन् ।उनले पर्वमा सबै थकाली समुदायका व्यक्तीहरु एकै ठाउमा भेला भई आपसमा मिठो खाने ,राम्रो लगाउने र आपसमा रमाइलो गर्ने चलन रहेको उल्लेख गरिन् ।
थकालीहरुको महान पर्व तोरन्लको मुख्य विशेषता हो तारो हान्ने खेललाई लिइन्छ । 

थकाली समुदायले तोरन्ल सुरुआत गर्नुअघि तारो हान्ने धसा(काठको मुड्को)लाई धार्मिक परम्परा अनुसार पुजापाठ गरेपछि मात्र तारो हान्ने खेल सुरुआत गरिन्छ । शुक्रबार गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचनले थकाली ४ चनहरुको कुलदेवता नरिझेवको तस्विरमा पुजाआजा र तारो हान्ने खेलको औपचारिक रुपमा उद्घाटन गरे । सो अवसरमा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ ,जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ,जिल्ला न्यायधिस रोमाकान्त ज्ञवाली ,घरपझोङ गापाका अध्यक्ष आशबहादुर थकाली ,प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल र घरपझोङ गापाकी सदस्य भुवन शेरचनलगायतले थकालीहरुको महान पर्व तोरन्लको शुभकामना मन्तव्य व्यक्त गरे । सो अवसरमा थकाली नृत्य र गीतका साथ थकाली मौलिक संस्कृति प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.